सानेपा(ललितपुर), १४ बैशाख । नेपाली कांग्रेसले जिल्ला जिल्ला र पालिका स्तरमा पनि निर्वाचन परिचालन समिति र सम्बद्ध उपसमितिहरु गठन गर्ने भएको छ ।
नेपाली कांग्रेसमा उपसभापति तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचाल समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा आज केन्द्रीय कार्यालयमा बसेको उपसमितिका सयोजकहरुको बैठकले सो निर्णय गरेको हो ।

काग्रेसको केन्द्रीय परिचाल समितिले स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न उपसमितिहरु बनाएको छ ।


















