Prakash Adhikari May 7, 2022

 

कीर्तिपुर(काठमाडौं), २४ बैशाख । नेपाल र जिम्बाबेबीचको दोश्रो एकदिवसीय क्रिकेट खेल नेपालले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा नेपालले जिम्बाब्वे ए लाई ९ विकेटले पराजित गरे।

आजको खेलपछि नेपाल र जिम्बाबे दुवैले एकएक खेल जितेका छन् । अब सोमबार श्रृखलाको अन्तिम खेल हुँदैछ । त्यसको परिणाम जुन टिमले आफ्नो पक्षमा पार्दछ, त्यही टिमले श्रृृखला जित्नेछ ।

टियु अन्तर्राष्ट्रिय मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले एक विकेटको क्षतिमा ११ ओभरमा नै हासिल गरेको थियो ।
८९ रनको लक्ष्य पाएको नेपालका लागि ओपनर सुनिल धमला र आसिफ शेखले ७९ रनको साझेदारी गर्दै खेललाई विजयको शिखरतिर लगेको थिए । धमला ३८ रन बनाएर आउट भए । आसिफ शेखले अविजित ३४ रन बनाए । खेलमा बिनोद भण्डारीले अविजित ४ रन बनाए।

टस हारेर ब्याटिंग गरेको जिम्बाब्वे एले ३१.५ ओभरमा ८७ रन बनायो। उसको लागि जोनाथन क्याम्पवेलले २७, ब्राड इभान्सले २० तथा केफस झुवाओले १० रन बनाए। त्यस्तै लुक जोड.एले ८,,ताडिवातानासे मरुमानी र राय कायले ४।४, टोनी मुन योड.गाले २ तथा क्लिभ मडान्दे र ब्रानडान माभुताले एक एक रनको योगदान दिए ।

जिम्बाबको ए टिमलाई रोक्न नेपालको बलिंगमा ओपनर द्वय करन केसी सोमपाल कामीले ३।३ विकेट र , सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।

श्रृखला अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। सिरिजको निर्णायक तेश्रो खेल सोमबार खेलिनेछ

Share Now

Leave a comment.