Prakash Adhikari May 10, 2022

सानेपा(ललितपुर), २६ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको टिप्पणी गर्नुभएको छ।

कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले सो कुरा बताउनुभएको हो । ‘नेपाली कांग्रेसले नीति र कार्यक्रम देशमा कार्यान्वयन ग¥यो। त्यसको ब्याज सावाँसहित खाने पार्टी एमाले पार्टी हो,’ महतले भन्नुभयो।

साथै, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो आरोप कांग्रेसमाथि लगाएको बताउनुभयो। ‘झुटो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ। झुटमाथि झुट,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो जताततै नीजि उद्योग व्यवसाय फस्टाउन थाले।’

डा.महतले भन्नुभो ‘उहाँ चाहीँ बासँबारी छाला जुत्ता कारखानाको उदाहरण दिनुहुन्छ । त्यसको ठाउँमा त संयौ छाला जुत्ता कारखाना खुलेको त बिर्सिनुभयो । एउटा उदाहरण उहाँ दिइराख्नुहुन्छ । र त्यो ठाउँमा गंगालाल हृदय रोग केन्द्र स्थापना भएको उहाँले बिर्सिनुभयो ।’

एमालेको अगाडि कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको उहाँले बताउनुभयो। ‘ब्याज साउँसहित खाने पार्टी स्थापना भएको उहाँले बिर्सनुभयो। उहाँहरुको अगाडि नेपाली कांग्रेस पार्टीको विरोध गर्ने कुनै आधार छैन’ महतले भन्नुभयो।

यसअघि आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसमाथि आरोप नै आरोप लगाउनुभएको थियो ।

नगरेका कामको पगरी

महतले एमालेले नभएको कुरालाई पनि प्रचार गर्ने गरेको आरोप लगाउनुभयो।

पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले एमाले प्रचार गर्न सिपालु भएको टिप्पणी गर्नुभयो।

‘हामीलाई थाहा छ उहाँहरु प्रचार गर्न सिपालु हुनुहुन्छ। नभएका कुरालाई पनि भएजस्तो भएका कुरालाई नभएको जस्तो,’ उहाँले भन्नुभयो, ‘हामी त्यो जान्दैनौं। हामी यथार्थको धरातलमा राजनीति गर्छौैं। झुटको खेती हामी गर्दैनौं। त्यही फरक एमाले पार्टीका ओलीजी र हामीमा छ।’

२०७२ सालको भूकम्पमा कांग्रेसले नै महत्वपूर्ण भूमिका खेलेको उनले दाबी गरे। साथै, कोभिड–१९ को व्यवस्थापनमा पनि कांग्रेस नै अघि भएको महतले दाबी गर्नुभयो।

उहाँले ‘सामुदायिक वनको अवधारणा ल्याएर नांगो भइसकेको पहाडलाई फेरि हराभरा बनाउने पार्टी कांग्रेस हो ।

 

नेकपा एमालेलाई कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको बताउनुभयो । ‘उहाँहरूलाई नेपाली कांग्रेसको विरोध गर्ने कुनै आधार छैन । जहिले पनि विकास भनेको नयाँ प्रविधि, नयाँ फड्को मार्ने हो,’ प्रवक्ता महतले भन्नुभयो, नेपालले जे जति गरेको छ त्यो नेपाली कांग्रेसको पालामा नै गरेको छ ।

६५ वर्षमै वृद्धभत्ता
नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशसरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताउनुभएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको बताउनुभयो।
‘वृद्धभत्ता ७० वर्षमाथिकाले पाउने व्यवस्था छ । अहिले हामीले प्रतिबद्धता गरेका छौं, ६५ वर्षमै वृद्धभत्ता सुनिश्चित गर्ने । किनभने अहिले ७१ वर्ष सरदर आयू पुग्या छ । त्यो पनि ठूलो उपलब्धी हो । कांग्रेस सरकारमा जाँदा नेपालीको सरदर आयू ५४ वर्ष थियो । त्यसलाई हामीले नै बढाएका हौं,’ डा. महतले भन्नुभयो, ‘जो चाहीँ हुने खाने छन्, उनीहरू ८०र८५ वर्षसम्म बाँचिरहेका छन्, सरदरभन्दा पनि माथि । जो गरिब छन्, दूरदराजमा बस्छन्, उनीहरूको सरदर आयू ७१ वर्ष पनि छैन । उनीहरू ७० नै पुग्न पाउँदैनन् । त्यो अवस्थामा त्यो समूह वृद्धभत्ताबाट बञ्चित हुनुपरेको छ । त्यसो हुनाले उहाँहरूलाई लक्षित गरेर हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने हाम्रो अठोट छ, हाम्रो सरकार आएपछि कार्यान्वयन गर्छौं ।’

सुत्केरी महिलाहरूलाई पाँच हजार भत्ता दिने निर्णय पनि कांग्रेस सरकारले नै गरेको उनको भनाइ छ । साना किसानहरूलाई १० हजार क्रेडिट कार्डसहित दुई प्रतिशत व्याजदरमै ऋण उपलब्ध गराउने प्रतिबद्धता कांग्रेसले गरेको छ । यसले गर्दा सिमान्तकृत साना किसानहरूलाई धेरै ठूलो राहत मिल्ने उहाँको भनाइ छ ।
ओलीले मत माग्ने आधार गुमाउनुभयो

प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गर्नुभएको छ ।
उहाँले जनताले ५ बर्ष शासन गर्न दिएको जनादेशलाई पूरा गर्न नसकेर दुईदुई पटक हात उठाएर संसद विघटन गरेकोले जनतासंग मत माग्ने आधार एमालले गुमाएको बताउनुभयो ।

प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताउनुभयो ।

उहाँले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

सत्तारुढ दलमा आवद्ध अन्य दलहरूले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको उहाँको भनाइ छ । ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन पनि उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो ।

प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरूमा आफ्ना पार्टीका कार्यकर्ताहरूमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाउनुभयो ।

प्रवक्ता महतले नेपाली कांग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले उहाँले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने पनि बताउनुभयो ।

नेकपा एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारको भविष्य धेरै नरहेको भनेर दिएको अभिव्यक्तिमा जवाफ दिंदै कांग्रेस प्रवक्ता महतले भन्नुभयो, उहाँले मनोवैज्ञानिक ढंगले प्रभावित पार्न सकिन्छ कि भनेर प्रयास गर्नुभएकोे हो । तर उहाँको त्यो क्षेप्यास्त्र लक्ष्यमा पुग्दैन, बीचमै खसेर नष्ट हुन्छ ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*