Prakash Adhikari May 17, 2022

काठमाडौं, ३ जेठ । स्थानीय निर्वाचनको विजयको परिणाम नेपाली कांग्रेसको पक्षमा जाने स्पष्ट संकेत देखिएको छ ।

हालसम्म घोषित परिणाममा नेपाली कांग्रेसले पालिका(गाउँ तथा नगर)प्रमुखमा १ सय ४७ स्थानमा विजय हासिल गरेको छ भने उपप्रमुखमा १ सय ४२ स्थान जितेको छ ।

प्रमुखमा नेकपा एमालेले १ सय १ तह जितेको छ भने उपप्रमुखमा पनि १ सय १ स्थान नै जितेको छ ।

घोषित परिणाममा नेकपा माओवादी केन्द्रले तेस्रो स्थान सुरक्षित गरेको छ । उसले नगर तथा गाउँपालिका प्रमुखमा ७३ स्थान हासिल गरिसकेको छ भने उपप्रमुखमा ७४ स्थान ।

एकीकृत समाजवादीले हालसम्म चार स्थानमा प्रमुख जितेको छ भने ९ स्थानमा उपप्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थानमा उपप्रमुख जितेको छ ।

अग्रतामा पनि कांग्रेस नै माथि

भैरहेको मतगणनामा पनि नेपाली कांग्रेस नै अग्र स्थानमा रहेको छ । नेपाली कांग्रेसले गणना भैरहेका पालिकामा १ सय ६३ स्थानमा अग्रता लिएको छ । उपप्रमुखमा नेपाली कांग्रेस १ सय ३५ पालिकामा अग्रता लिएको छ ।

नेकपा एमालेले प्रमुखमा ९९ स्थानमा अग्रता लिएको छ भने उपप्रमुखमा १ सय २१ स्थानमा । त्यस्तै नेकपा माओवादीले पालिका प्रमुख पदमा ४६ स्थानमा अग्रता लिएको छ भने उपप्रमुखमा ५९ पदमा ।

त्यस्तै जनता समाजवादी पार्टीले २९ वटा पालिकामा प्रमुखको पदमा अग्रता लिएको छ भने उपप्रमुखमा ३४ स्थानमा । नेकपा एकीकृत समाजवादी पार्टीले पालिका प्रमुखमा १५ स्थानमा अग्रता लिएको छ भने ११ स्थानमा उपप्रमुखमा । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख स्थानमा अग्रता लिएको छ ।

 

Share Now

Leave a comment.