Prakash Adhikari May 25, 2022

विक्रम निरौला

धरान(सुनसरी), ११ जेठ । स्थानीय तहको निर्वाचनबाट सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ्) मेयरमा निर्वाचित भएपछि उहाँको चर्चा चुलिएको छ।

चुनावअघि सामान्य अभियानकर्ताको छवि बनाउनुभएका राई नगरप्रमुख बन्नुहोला भन्ने धेरै धरानवासीले सोचेका पनि थिएनन्।

टेम्पु चलाएर माइकिङ गर्दै उहाँ एक्लै घरदैलोमा हिँडेको देखिने र मूलधारका पार्टीहरूले काम नगरेकाले आफूलाई मौका दिन अनुरोध गर्दै मत मागेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

मेयरमा निर्वाचित भएका साम्पाङ्ले बीबीसीसँग कुरा गर्दै उपमहानगरको सेवा प्रवाहलाई सुधार गर्ने र सबैसँग मिलेर काम गर्ने बताउनुभएको छ।

को हुन हर्क साम्पाङ् ?
चुनाव चिह्न लौरो लिएर प्रतिस्पर्धामा होमिएका साम्पाङ्ले आफूलाई धरानवासी जनताका लागि न्यायको आवाज उठाउँदै हिँड्ने मान्छेका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ।

खोटाङबाट एसएलसी सकेर धरान झर्नुभएका साम्पाङ्ले धरानबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएको थियो।

हर्क राइ

हर्क राइ
कुनै बेला वैदेशिक रोजगारीका लागि इराक समेत पुग्नुभएका राईले पछिल्लो एक दशक आफूलाई सामाजिक मुद्दाहरूमा केन्द्रित गर्नुभयो।

वि.सं. २०७४ सालको उपनिर्वचानमा स्वतन्त्र उम्मेदवार बन्दा उहाँले जम्मा ५ सय ४० मत ल्याउनुभएको थियो।

ुहर्क साम्पाङ् अ रिभोलुशनु नामक फेसबुक पेजमा राखिएको यस पटकको उहाँको घोषणापत्रमा खानेपानीको तत्काल सुधारसहित सुशासन र भ्रष्टाचारमुक्त धरान निर्माणका लागि २७ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ।

एक अभियानकर्ताका रूपमा लामो समयदेखि उहाँले ती मुद्दाहरू उठाउँदै आउनुभएको थियो।

तर यसपालि आफ्नो प्रचार सामग्रीमा उहाँले लेख्नुभयो, ूआजसम्म जनताको दुःख र पीडाको आवाज बोलेर हिँडेँ। अब मलाई जनताको आँसु पुछ्ने र घाउमा मलम लगाइदिने ठाउँमा पुर्‍याउन मेरो सादर अनुरोध।ू

खानेपानीको समस्या, सर्दु जलाधार क्षेत्रको संरक्षण, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका विकृति र विसङ्गतिविरुद्ध खबरदारी अभियान चलाउँदै आएका साम्पाङ्ले मेयरका बनेपछि प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ।

हर्क राइ

हर्क राइ
उहाँले बीबीसीसँग भन्नुभयो, ूयसअघिको चुनावमा धराने मतदाताले विश्वास नगरे पनि मैले हिम्मत हारिनँ। धरानवासीको समस्या लिएर एक्लै पनि सडकमा निस्किएँ। यस पटक मलाई विश्वास गर्नुभयो अब मैले धरानवासीको विश्वासलाई कुनै पनि हालतमा घात गर्दिनँ।ू

उहाँले धरानको खानेपानीको व्यवस्थापनसँगै नयाँ स्रोतको खोजी आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको थियो।

उपमहानगरपालिकामा मङ्गलवार पदभार ग्रहण गर्दै मेयर राईले पुरानै प्रतिबद्धता दोहोर्‍याउनुभयो।

उहाँले लामो समयदेखि विवादित बनेको धरान उपमहानगरपालिकाको कर नीतिलाई वैज्ञानिक बनाउन अध्ययन समिति गठन गर्नुभएको छ।

झन्डै पौने दुई लाख जनसङ्ख्या रहेको धरानमा मानिसहरूले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन्।

त्यहाँ दैनिक १ लाख ५० हजार लिटर पानीको माग छ तर मागको तुलनामा आधा मात्रै पानी आपूर्ति गर्न सकिएको बताइन्छ।

हिउँदको समयमा धरानमा खानेपानीको हाहाकार नै हुने गरेको छ।

साम्पाङ

साम्पाङ

एशियाली विकास ब्याङ्कको सहयोगमा सञ्चालित खानेपानी आयोजनामा करिब दुई अर्ब रुपैयाँ खर्च भए पनि त्यो आयोजनाबाट राहत महसुस नभएको धरानवासीले गुनासो गर्दै आएका छन्।

आफ्नो चुनावी घोषणापत्रमा राईले खानेपानीको समस्या हल गर्न जितेर गएको एक साताबाटै लागिपर्ने वाचा गर्नुभएको थियो।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सप्तकोशीबाट स्रोत थप्ने र आफैँ खटिएर खानेपानीको उत्पादन, सञ्चय र वितरण प्रणालीमा सुधार गर्ने अनि अनाहकमा हजारौँ रुपैयाँ बिल आउने प्रणालीको अन्त्य गर्ने उहाँको वाचा छ।

सम्पाङ्ले २० हजार ८ सय २१ मत ल्याएर जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ६९ मत ल्याउनुभएको थियो।

कुनै समय नेकपा एमालेको किल्ला भनेर परिचित धरानमा यस पटक उक्त दलकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२, ८ सय २५ मत ल्याउनुभयो।

यसअघिको स्थानीय तह चुनावमा एमालेका तारा सुब्बा धरानको मेयर र मञ्जु भण्डारी उपमेयरमा निर्वाचित हुनुभएको थियो।

धरान

धरान

तर पाँचवर्षे कार्यकाल नसकिँदै मेयर सुब्बाको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले बाजी मार्नुभयो।

पञ्चायतकालमा समेत जनपक्षीय उम्मेदवार जिताएको धरानमा वि.सं. २०४९, २०५४ र २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले जितेको थियो।

 

मतदाताको रोजाईमा हर्क साम्पाङ्
धरानमै बस्ने प्राध्यापक टङ्क न्यौपाने विगतका चुनावमा सबै दलले खानेपानी समस्याको समाधान गर्ने आश्वासन दिएका तर त्यो पूरा नभएका कारण यस पटक मतदाताले विकल्प रोजेको हुनसक्ने ठान्नुहुन्छ।

ूअरू दल तथा तिनका उम्मेदवारहरूले जनताका जल्दाबल्दा अजेन्डा नै दिन सकेनन्। स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ् धराने जनताका मूलभूत मुद्दा बोकेर मतदाताका घरदैलोमा पुगे त्यसैले उनी सफल भए।ू उहाँले भन्नुभयो ।

ूयो परिणामले दिएको सन्देश के हो भने दलहरूले आफूहरुले जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्छ।ू

धरान १५ की ४२ वर्षीया कमलादेवी खड्काले नयाँ मेयरले खानेपानी समस्या हल गर्ने आशा राखेको बताउनुभयो।

उहाँले भन्नुभयो, ूउहाँको मुख्य मुद्दा खानेपानी थियो। अहिले सबैले मिलेर चुनाव जिताएका छन्। हेरौँ अब नगरवासीको पीडामा मलहम लगाउने काम होला कि१ू

धरानका पाका पत्रकार हर्ष सुब्बा अघिल्लो नेतृत्वसँग धरानवासीको असन्तुष्टिका कारण साम्पाङ् मेयरमा चुनिएको ठान्नुहुन्छ।

हर्क साम्पाङ्

हर्क साम्पाङ्

उहाँले भन्नुभयो, ूउनको चुनावी अभियानमा धराने जनताको सहभागिता अरू उम्मेदवारको तुलनामा निकै कम देखिन्थ्यो। तर उपमहानगरको नेतृत्व हात पार्न उनी सफल हुनुका धेरैमध्ये एउटा प्रमुख कारण अघिल्लो नेतृत्वसँग धराने जनताको असन्तुष्टि र अविश्वास नै हो।ू

यस पटकको स्थानीय चुनावमा भएको साम्पाङ्‌को विजयलाई पूर्वी नेपालमा देखा परेको परिवर्तनको लहरका रूपमा पनि कैयौँले हेरिरहेका छन्।

धरान २५ की अस्मिता बिष्ट हर्क साम्पाङ्‌को जित परिवर्तनको पक्षमा व्यक्त मत रहेको बताउनुहुन्छ ।

ूवर्षौँदेखि राजनीतिक दलका नेताहरूले दिएको आश्वासन र सपना पूरा नभए पछि धरानवासीले नयाँ विकल्प खोजेका हुन्।ू,विष्टले भन्नुभयो ।

Share Now

Leave a comment.