काठमाडौँ, १ चैत । नेपाल शिक्षक संघको आठौँ संघीय महाधिवेशन आजदेखि यहाँ शुरु भएको छ ।
संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायबाट उद्घाटन भएको सो महाधिवेशन यही चैत ४ गतेसम्म हुनेछ । संघले आफ्ना शिक्षण पेशाबाट स्थानीय तहमा निर्वाचित करीव १५० सदस्यलाई सम्मानसमेत गरेको छ । महाधिवेशनमा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई र मोहन ज्ञवाली तथा निवर्तमान अध्यक्ष केशव निरौलाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
संघका महासचिव राजेन्द्रराज पौडेलका अनुसार महाधिवेशनमा करीव ६०० प्रतिनिधि छन् । सङ्घका सबै प्रदेश र स्थानीय तहमा शाखा गठन भइसकेको छ । रासस