Prakash Adhikari June 1, 2022

 

काठमाडौं, १८ जेठ । नेपालको शेयर बजारको ओरालो यात्रा बुधबार पनि थामिएन ।

बुधबार ७.२१ अंकले घटेर बजार २१३०.७१ बिन्दुमा आइपुगेको छ ।

बुधबार २ सय २७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर खरिद बिक्रीबाट कुल १ अर्ब ७ करोड ८४लाख ८४ हजार १ सय ८२ रुपैयाको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका कम्पनीहरुमध्ये विकास बैंक, जलविद्युत र वित्तीय संस्थाबाहेक १० वर्गका कम्पनीको उपपरिसूचक घटेका छन् ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,483.31 5.04 0.34  
Trading 1,799.14 33.45 1.83  
Hotels And Tourism 2,748.38 9.33 0.34  
Development Bank 3,682.64 21.29 0.58  
HydroPower 2,471.31 16.86 0.69  
Finance 1,552.59 5.86 0.38  
Non Life Insurance 8,839.98 157.1 1.75  
Manu.& Pro. 5,137.16 33.05 0.64  
Others 1,569.44 3.4 0.22  
Microfinance 4,390.14 13.3 0.3  
Life Insurance 10,245.19 155.85 1.5  
Mutual Fund 15.02 0.05 0.36  
Investment 69.32 0.13 0.19  

घटेको बजारमा पनि मैलुङखोला जलविद्युत, को सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने बलेफी हाइड्रोको मूल्य पनि ९.९४ प्रतिशतले बढ्यो । त्यस्तै कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, माउण्टेन इनर्जी हाइड्रो,सिभिल लघुवित्त, अजोड इन्स्योरेन्स, कर्पोरेट विकास बैंक, मिर्मिरे माइक्रो फाइनान्स र लिबर्टी इनर्जीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढ्यो ।

Top Gainers

Symbol LTP % Change
As of 2022-06-01 15:00:00
MKJC 528.00 10
BHL 139.40 9.93691
NABBC 389.00 4.28954
ULBSL 1,535.40 4.03849
MEN 950.00 3.82514
CLBSL 799.00 3.63165
AIL 511.00 3.23232
CORBL 355.00 3.19767
MMFDB 1,117.90 3.03226
LEC 266.00 2.30769
View All

बुधबारको बजारमा धेरै गुमाउने कम्पनीमा शिखर इन्स्योरेन्स रह्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । यस्तै नेपाल इन्भेष्ट मन्ट बैंक, गुराँस लघुवित्त कम्पनीको शेयर मूल्य पनि ७ प्रतिशत हाराहारीले घट्यो । मूल्य अधिक घट्ने कम्पनीहरुमा लाईफ इन्स्योरेन्स कम्पनी अफ नेपाल, मानुषी लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया ग्रोथ फण्ड,लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इदी मर्दी रैराड. हाइड्रोपावर, विजय लघुवित्त वित्तीय संस्था रहेका छन् ।

Top Losers

Symbol LTP % Change
As of 2022-06-01 15:00:00
SICL 924.30 -10
NIB 307.00 -7.25076
GLBSL 999.60 -7.01395
LICN 1,329.00 -6.80224
MLBS 1,110.00 -4.72103
NICGF 11.12 -4.71294
SLICL 432.50 -3.88889
LGIL 446.00 -3.67171
UMRH 738.00 -3.52941
VLBS 955.00 -3.34008
View All

यस दिन अधिक कारोबार हुने कम्पनीहरुमा नेपाल इन्भेष्टमेण्ट बैंक, हिमालयन डिष्टिलरी,शिखर इन्स्योरेन्स, एनआईसी एशिया, अरुण कावेली पावर लिमिटेड, नबिल बैंक,मेगा बैंक, अरुण भ्याली हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि. रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-06-01 15:00:00
NIB 121,373,009.20 307.00
HDL 46,810,093.40 3,295.00
SICL 37,880,820.50 924.30
NICA 32,041,704.80 759.90
AKPL 28,849,008.90 459.00
NABIL 28,718,353.80 867.00
MEGA 27,508,895.90 234.00
AHPC 23,475,911.10 403.00
LICN 23,296,947.50 1,329.00
ALICL 20,689,306.50 590.00
View All

४ / १२ को असर

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा शेयर कजामा एक बैंकले एक ग्राहकलाई ४ करोड भन्दा बढी कर्जा दिन नपाउने र एक लगानीकर्ताले सम्पूर्ण बैंकिड. प्रणालीबाट शेयर लगानीमा १२ करोडभन्दा बढी लगानी गर्न नपाउने नीति ल्याएपछि नेपालको शेयर बजारको ढाड सेकिएको छ ।

राष्ट्र बैंकले सबै लगानी कर्ता र बैंक तथा वित्तीय संस्थाहरुलाई एक बर्षभित्र यो सीमामा रहन समय दिएको र आर्थिक बर्षको अन्तिम महिनातिर समय पुग्न लागेकोले बजारमा शेयरको बिक्री चाप बढेकोले शेयर मूल्य घटेको बताइएको छ ।

केही समय पहिलेसम्म बजारमा तरलताको अभावले शेयर खस्किएको र चुनावपछि बैंकिड. प्रणालीमा पैसा आउने भएकोले शेयर बजार तेजीका साथ बढ्ने आकलन गरिएको थियो ।

तर पैसा बैंकिड. प्रणालीमा आएपछि त्यो प्रैसा कर्जाको मार्फत शेयर लगानीमा आउन सकेन । शेयर बजारमा मागभन्दा आपूर्ति बढी भएकोले शेयरको मूल्य घट्न पुग्यो र शेयर परिसूचक निरन्तर ओरालो लाग्यो ।

नयाँ बजेटले पनि ४/१२ को नीतिमा कुनै परिवर्तनको संभावना नदेखाएकोले बजारको ओरालो यात्रा कायमै छ । कति पुगेर रोकिने हो थाहा छैन ।

Share Now

Leave a comment.