Prakash Adhikari June 1, 2022

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको सहयोग रहने बताउनुभएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्नुभएको भेटवार्ताको अवसरमा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।
प्रधानमन्त्री देउवासँग भेट गर्न बुधबार दिउँसो महानगर प्रमुख शाह बालुवाटार पुग्नुभएको थियो।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ सहयोग रहने विश्वास दिलाउनुभएको छ।
भेटमा प्रधानमन्त्री देउवाले महानगर प्रमुखमा विजयी हुनुभएकोमा शाहलाई बधाई दिनुभएको थियो।

प्रधानमन्त्रीसँगको भेटमा महानगर प्रमुख शाहले आफूले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ।

 

Share Now

Leave a comment.