Prakash Adhikari June 8, 2022

 

काठमाडौं, २५ जेठ । बैशाख ३० को स्थानीय निर्वाचन र १५ जेठमा संघीय सरकारले ल्याएको बार्षिक बजेट पनि उकालो लाग्न नसकेको नेपालको शेयर बजार बुधबार एकाएक बढेको छ ।

बुधबार सरकारले शेयर बजारमा देखिएको समस्या समाधान गर्न नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा एक समिति गठन गरेको समाचार आउनासाथ बजारले उकालो गति लिएको हो ।

यस पहिले आगोपानी बाराबारको अवस्थामा पुगेका र गभर्नर हटाउने कदम पछि आपसी सम्बाद नै नगर्ने स्थितिमा पुगेका अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच पनि शेयर बजारमा आएको समस्याको बारेमा छलफल भएको थियो।

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारको समस्या समाधान गर्न ४ सदस्यीय समिति गठन भएको जानकारी दिनुभएको थियो ।

अर्थमन्त्री शर्माले सेयर बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर अधिकारी र सेबोन अध्यक्ष रमेश हमालबीच छलफल भयो । बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन भएको छ ।

यस पहिले पूँजी बजार लगानीकर्ता संघकी राधा पोखरेलको नेतृत्वमा गएको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी ४।१२ को नीतिमा पुनर्विचार गर्न, मार्जिन लोनको व्यवस्थामा सुधार गर्ने लगायतका माग राखी शेयर बजारमा सुधार गर्न ज्ञापन पत्र दिएको थियो ।

प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलकै अगाडि गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर शेयर बजार लगानीकर्ताको माग सुनिदिन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीलाई भेटेका शेयर बजार लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीलाई पनि भेटेका थिए ।

धेरै समयपछि बजारमा हरियाली

लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली छाएको छ ।

यस दिन धितोपत्र बजार परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ अंकमा पुगेको छ ।

बुधबार २ सय ३१ कम्पनीका ५० लाख ५ हजार ८ सय १४ कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६ सय ८ रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा दर्ता भएर वर्गीकरणमा परेका १३ वटै समूहको उपसूचक बढेका छन् ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,418.92 29.35 2.11
Trading 1,735.50 58.26 3.47
Hotels And Tourism 2,756.30 92.74 3.48
Development Bank 3,646.15 116.39 3.3
HydroPower 2,457.69 84.6 3.57
Finance 1,566.56 74.97 5.03
Non Life Insurance 8,665.65 320.3 3.84
Manu.& Pro. 5,044.88 154.74 3.16
Others 1,560.01 57.79 3.85
Microfinance 4,405.57 154.8 3.64
Life Insurance 9,869.55 293.13 3.06
Mutual Fund 14.85 0.17 1.17
Investment 67.80 1.91 2.9

यस दिन सामुदायिक लघुवित्त, उपकार लघुवित्त,बलेफी हाइड्रो पावर,कालिका लघुवित्त, तेह्रथुप पावर, उन्नति सहकार्य लघुवित्त,शिखर इन्स्योरेन्स,रुरु हाइड्रो पावर, समीट लघुवित्त र स्वाभिमान लघुवित्तको शेयर मूल्य अधिक बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-06-08 15:00:00
ULBSL 2,338.60 10.00
SLBSL 1,573.00 10.00
BHL 224.20 9.96
KMCDB 1,160.00 9.95
TPC 449.80 9.44
USLB 1,087.00 9.28
SIC 865.00 8.81
RURU 856.00 8.35
SMFDB 974.00 8.34
SMFBS 1,591.00 8.23
View All

यस दिन बढेको बजारमा पनि माउण्टेन हाइड्रो, राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फण्ड, नबिल ब्यालेन्स फण्ड २, एनआईबीएल प्रगति फण्ड, हिमालयन बैंक लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड र इन्भेष्टमेण्ट बैंक डिबेञ्चर ८४ को शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनमा घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-06-08 15:00:00
MHNL 310.00 -4.11
RMF1 8.16 -2.86
NBF2 10.67 -2.82
NIBLPF 10.30 -1.90
HBL 320.00 -0.96
CMF1 8.67 -0.46
NIBD84 847.10 -0.05
View All

 

त्यसैगरी यो दिनको कारोबारमा कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, कुमारी बैंक, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक, अपि पावर, एनआईसी एशिया,नबिल,अरुण काबेली पावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-06-08 15:00:00
AHPC 51,240,332.00 406.00
KBL 49,915,246.10 209.00
HDL 49,435,882.60 3,225.00
NIB 47,410,730.70 275.50
API 45,974,032.40 277.00
NICA 42,387,230.90 723.00
NABIL 36,218,334.20 843.00
AKPL 36,136,373.30 459.00
NLIC 34,292,530.50 773.00
SHIVM 33,566,292.10 779.00
View All
Share Now

Leave a comment.