Prakash Adhikari March 17, 2018

हरारे(जिम्बाबे),३ चैत्र । आईसीसी विश्वकप छनौट खेल अन्तरगत सातौं स्थानको लागि नेपाल र नेदरल्याण्डसबीच आज भैरहेको खेलमा नेपाललाई चाँैथो सफलता मिलेको छ ।
चौथो विकेट नेपाली स्पीनर सन्दीप लामिछानेले लिएका छन् ।

सन्दीपले १६.६ ओभरमा ओ एम पी दाउदलाई पेभिलियन पठाएका थिए ।

यस बाहेकका तीन विकेट नेपाली खेलाडी सोमपाल कामीले लिएका हुन् ।

उनले १०.२ ओभरमा तेस्रो विकेट लिंदै पी डब्ल्यू बोरेनलाई खेल मैदानबाट बाहिर पठाएका थिए ।

उनले तेस्रो बलमा नेदरल्याण्ड्सका वारेसीलाई प्याभिलियन पठाएका थिए भने दोस्रो ओभरको दोस्रो बलमा कुपरलाई क्रिजमा पठाएका थिए ।

त्यतिबेलासम्म नेदरल्याण्ड्सले जम्मा ६ रन बनाएको थियो ।

अहिले २०.४ओभरमा नेदरल्याण्डले ६१ रन जोडेको छ ।

आजको खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिड. रोजेको थियो ।

नेपालले बलिड. गरिरहेको छ ।

Share Now

Leave a comment.