Prakash Adhikari June 13, 2022

काठमाडौं, ३० जेठ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्लस ए फ्लिन स्वदेश फर्किनुभएको छ ।

उहाँलाई आइतबार नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गर्नुभएको हो ।

चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्नुभयो ।

उहाँ जेठ २६ मा सद्भावना भ्रमणमा नेपाल आइपुग्नुभएको थियो ।

उहाँले शिवपुरीमा तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गर्दै नेपाली सेना भरपर्दो जमिनी शक्ति रहेको प्रतिक्रिया दिनुभएको थियो ।

शिवपुरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा फ्लिनले भन्नुभयो–‘नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरुमध्ये रहेको छ ।’
सैनिक कमाण्ड तथा स्थाफ कलेजमा उहाँले वृक्षारोपण पनि गर्नुभयो ।

सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहनुभएका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गर्नुभयो ।

अमेरिकी सैनिक जनरललाई तालिम केन्द्रको वस्तुस्थितिबारे जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।

 

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन भेटघाटमा व्यस्त « हातमा खबर-जहाँ तपाइँ, त्यहीं खबर

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुखले भने : नेपाली सेना भरपर्दो जमिनी शक्ति हो

नेपाल समय

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन भेटघाटमा व्यस्त « हातमा खबर-जहाँ तपाइँ, त्यहीं खबर

Share Now

Leave a comment.