ह्युस्टन(टेक्सास,संयुक्त राज्य अमेरिका), ३१ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपाली राष्ट्रिय टिम ओमानको राष्ट्रिय टिमसंग भिड्ने भएको छ।
अमेरिकाको टेक्सास राज्यको पर्लल्याण्डस्थित मोसा स्टेडियममा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ।
अमेरिका भ्रमणमा रहेको नेपाली टिम लिग अन्तरगतको त्रिकोणात्मक श्रृखला अन्तरगतको पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको थियो।
नेपालले अहिलेसम्मका १४ खेलबाट १३ अंक जोडेको छ । सात राष्ट्रको समूहमा नेपाल छैटौं स्थानमा छ। ओमान भने लिगको शीर्षस्थानमा छ। उसले ३५ खेलबाट ४४ अंक जोडेको छ। मंगलबार हुने खेलसँगै ओमानको लागि लिगको अन्तिम खेल हो।
ओमानसंगको पहिलो खेलमा नेपालका ओपनिड. ब्याट्सम्यानद्धय कुशल भूर्तेल र आशिफ शेख घाइते भएकोले मैदानमा खेल्ने ११ जनाको सूचीमा परेका थिएनन् ।
अमेरिकासंगको खेलमा भने दुवै खेलाडी उत्रिए । अमेरिकी भूमिमा भएको खेललाई बराबरीमा पारे ।
आज ओमानसंगको खेलमा नेपाली खेलाडीहरु उच्च मनोबलका साथ प्रस्तुत हुने विश्वास गरिएको छ ।
यद्यपि नेपाल र ओमानबीचका पछिल्लो पाँच खेलमा नेपालले ओमानसँग केवल १ खेलमा जित हात पारेको छ भने ४ खेलमा हारको सामना गरेको छ।


















