काठमाडौं, १ आषाढ । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९ । ८० को बजेट सार्वजनिक गर्दैछन्।
संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले आषाढ १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ।
यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रदेश सरकारले आआफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन्।
संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन्।
खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ


















