Prakash Adhikari March 17, 2018

हरारे(जिम्बाबे),३ चैत्र । आईसीसी विश्वकप छनौट खेल अन्तरगत सातौं स्थानको लागि नेपाल र नेदरल्याण्डसबीच आज भैरहेको खेलमा नेपाललाई नेदरल्याण्डले १ सय ९० सनको चुनौति दिएको छ ।

नेदरल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउदै १८९ रन जोडेको छ ।

पहिलो इनिड.मा नेपालका सोमपाल कामीले चार विकेट लिएका थिए ।उनले तेस्रो बलमा नेदरल्याण्ड्सका वारेसीलाई प्याभिलियन पठाएका थिए भने दोस्रो ओभरको दोस्रो बलमा कुपरलाई क्रिजमा पठाएका थिए ।त्यतिबेलासम्म नेदरल्याण्ड्सले जम्मा ६ रन बनाएको थियो ।

उनले खेलको ४२.१ ओभरमा विकेट लिएर डीसी लिडलाई आउट गरे भने १०.२ ओभरमा तेस्रो विकेट लिंदै पी डब्ल्यू बोरेनलाई खेल मैदानबाट बाहिर पठाएका थिए ।

आजको खेलमा नेपाली स्पीनर सन्दीप लामिछानेले ३८.२ ओभरमा विकेट लिंदै मान डेर गुटेनलाई र १६.६ ओभरमा ओ एम पी दाउदलाई पेभिलियन पठाएका थिए ।

तस्तै ललित राजवंशीले पनि एडवार्डलाई ३७.४ ओभरमा र भान डर भर्वेलाई २७.६ ओभरमा मैदानवाट विदा गरेका थिए ।

आजको खेलमा सहभागी भएका शक्ति गौचनले ४९.४ ओभरमा विकेट लिएर पीएम सिलारलाई विदा दिए ।

आजको खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिड. रोजेको थियो ।

Share Now

Leave a comment.