Prakash Adhikari July 12, 2022

 

काठमाडौं,२८ आषाढ । नेपाल वायुसेवा निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वहारचनमाथि काममा लापरवाही गरी संस्थालाई करोडौं नोक्सानी पुर्याएको आरोप लागेको छ ।

निगमको उच्चस्रोतबाट प्राप्त जानकारी अनुसार गएको जुलाई ३० का दिन निगमको काठमाडौं बंगलोर काठमाडौं उडान रद्द भयो । सो दिन निगमका पाइलट एस भण्डारी कोरोना सक्रमणका कारण विदामा हुनुहुन्थ्यो अन्य केही पाइलटहरुको सो महिनामा नेपालको नागरिक उड्ययन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)ले दिएको मासिक अधिकतम् सीमा १०० घण्टाको उडान पूरा भैसकेको थियो । सेवाका लागि क्याप्टेन दीपु ज्वहारचन मात्र उपलब्ध हुनुहुन्थ्यो । तर उहाँले सो उडान गर्न अस्वीकार गर्नुभयो ।

उहाँले आफूले उडान नगर्ने बारेमा आफूलाई नियुक्ति गर्दा न्यूनतम उडान गर्ने सहुलियत दिइएको र भोलिपल्ट अदालतमा परेको मुद्दाको सुनुवाई रहेकोले आफू जान नसक्ने उहाँले कारण दिनुभयो । मुद्दाको वारेशनामा दिए हुन्थ्यो । उहाँले त्यसो गर्नुभएन । तर उहाँ सो साँझ उहाँलाई महाप्रबन्धक नियुक्त गरिएको उपलक्ष्यमा भएको पार्टीमा उपस्थित हुनुभयो । निगमलाई सो उडान रद्द हुँदा यात्रुहरुको रिरुटिड., होटल बास,परिवहन खर्च गर्दा २३ लाख ३५ हजार ८ सय २८ रुपैया नोक्सानी भएको देखिको छ ।

उहाँकै कारणले जुलाई ४को काठमाडौं बैंकक काठमाडौं उडान पनि रद्द भएको थियो । सो दिन पनि उडानका लागि उहाँमात्रै उपलब्ध हुनुहुन्थ्यो । उहाँले उडान गर्न अस्वीकार गर्नुभयो । त्यसदिन काठमाडौंबाट बैंककका लागि १ सय ५३ र बैंककबाट काठमाडौंका लागि १ सय १५ जना यात्रुको बुकिड. भएको थियो । उडानको लागि एअरबस ३२० तयार पारिएको थियो । उहाँले जान नमानेपछि ३३० जहाज तयार पार्न पर्यो ।

न्यारोबडीको जहाजले ल्याउन मिल्ने यात्रु भएको अवस्थामा पनि वाइडबडीको जहाज उडान पर्यो । काठमाडौं बैंकक रुटमा न्यारोबडी जहाज सञ्चालन गर्दा ५९ लाख ५० हजार खर्च हुन्छ भने बाइडबडी सञ्चालन गर्दा एक करोड ५३ लाख सञ्चालन खर्च हुन्छ । उहाँकै कारणले सो दिनको उडानमा निगमले ९३ लाख ६५ हजार नोक्सान व्यहोर्नु परेको छ ।

निगमको वाइडबडी जहाज सी चेकको निर्धारित तालिकामा रहेको थियो र यसको दुई साइकलमात्र बाँकी थियो । कम यात्रुभएको क्षेत्रमा उडान गरेर सो सो साइकल सकिए पछि जहाज निर्धारित समय पहिले नै भुमिस्थ हुनुपुग्यो र उसको समय तालिकामा परेको दोहाजस्तो फूल अकुपेन्सी हुने क्षेत्रको उडान गर्न पाएन । यसले निगमलाई थप नोक्सानी हुन गयो ।

अनियमितता कति कति

पूर्वपर्यटनमन्त्री प्रेम आलेद्धारा निगमको निमित्त महाप्रबन्धक समेत बनाइनुभएका पाइलट ज्वहारचन विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौ उजुरीहरु परेका छन् । उहाँमाथि गैरकानुनी सम्पत्ति आर्जन, आर्थिक अनियमितता, विमान चालकको उडान तालिका निर्धारणमा विभेद,योग्यता नपुग्दै अपरेशन विभाग निर्देशक नियुक्ति भएको र त्यसको मापदण्ड फेरेको आरोप पनि लागेको छ ।

यस्तै सिमुलेटर टेनिड.केन्द्र छनोटमा अधिक रकम कबोल गर्नेलाई छनोट गरी निगमलाई ५० लाख १६ हजार ७ सय १० रुपैया नोक्सान पारेको, जापानमा क्याबिन क्रु बस्ने होटल नारिता गार्डेन इन छनोटमा ६ करोड २९ लाख ८३ हजार अनियमितता गरेको, विदेशी चालकलाई उडान अवधि पूरा नगरी ११ महिनाको तलबभन्दा बढी १८ करोड ८७ लाख १५ हजार ५ सय रुपैया भुक्तानी दिएको,स्वदेशी पाइलटलाई तालिमको अवसर नदिएर विदेशी पाइलट भर्ना गरी कमिशन खाएको,अवकाशप्राप्त पाइलटलाई तालिममा पठाएको जस्ता आरोप पनि लागेका छन् । ती आर्थिक र प्रशासनिक अनियमितताका आरोपहरुमा अख्तियारमा छानविन भइरहेको बताइको छ ।

यस बाहेक निगमको वाइडबडी मकालु जहाज दोहा काठमाडौंको उडानमा हेभी ल्याण्डिन गरेको र तर त्यसपछि सी चेक गर्नुपर्नेमा सी चेक नगराई ६० वटा उडान गरेर यात्रुहरुको जीवन जोखिममा पारेको घटनामा उहाँसहित हेभी ल्याण्डिड. गराउने उडानका क्याप्टेन महेश्वरमा डंगोल, कोपाइलट सुनिल श्रेष्ठ, र उडान सुरक्षा शाखा प्रमुख राज रौनियारलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले उडानमा रोक लगाएको थियो ।

प्रतिसेकेण्ड ९.८ मिटरको गतिमा अवतरण लिनुपर्ने जहाजले २२ मिटरको गति लिएपछि भएको हेभी ल्याण्डिड.का बारेमा एअरबसले सचेत गराएपछिमात्रै जहाज र पाइलटलाई ग्राउण्डेड गरेर सो घट्नामा छानबिन समिति बनाइएको थियो ।

२०७७ मा नै राष्ट्रिय सतर्कता केन्द्रले दीपु जुहारचन २०७६ असोज ३१ मा नियमविपरित अपरेशन विभागको निर्देशक भएको उजुरीमा छानवीन गर्दै सो नियुक्ति गर्ने र नियुक्त हुने दुुवैलाई कारबाही गरी सो अवधिमा बुझेको अतिरिक्त तलबभक्ता असुल उपर गराउन नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको थियो ।

निगमको अपरेशन म्यानुअलको दफ १.३.१.मा अपरेशन डाइरेक्टर बन्न २० बर्षको अनुभव भएको हुनुपर्ने र निगम तथा नागरिक उड्डयन प्राधिकरणले कारबाही नगरेको हुनुपर्ने प्रावधान छ तर दीपु ज्वहारचनलाई प्राधिकरणले नियमविपरित काम गरेको दोषी पाइएको भन्दै २०७३ फागुन ३ गते ५ हजार रुपैया जरिबाना गरेको थियो । निगमको अपरेशन विभाग प्रमुख बन्न २०को अनुभव पनि उहाँको पुगेको थिएन ।

उहाँ २०६४ असोज २८ गते निगममा नियुक्त हुनुभएको थियो र १२ बर्षमा विभागीय प्रमुख बनाइएको थियो । उहाँले आफू विभागीय प्रमुख भएपछि यस्तो अनुभव १० बर्ष भए हुने गरी २०७६ भाद्र ११ मा म्यानुअल परिवर्तन गरिदिनुभएको थियो ।

 

Share Now

Leave a comment.