काठमाडौं,४ चैत्र । नेपाली कांग्रेस निकट शिक्षक संघको अध्यक्षमा राजेन्द्रराज पौडेल निर्वाचित भएका छन् ।
संघको आठौं महाधिवेशनमा शनिवार भएको निर्वाचनमा निवर्तमान कार्यसमितिमा रहेका अध्यक्ष केशव निरौला र महासचिव राजेन्द्र पौडेलका बीचमा अध्यक्षको लागि प्रतिस्पर्धा भएको थियो ।
निर्वाचनमा स्पष्ट दुई गुटमा देखिएका शिक्षकसंघका सदस्यहरुले एक जना महिला उपमहासचिव बाहेक बाँकी सवै पदमा नेपाली कांग्रेसको गैर संस्थापन समूहलाई विजयी बनाएका छन् ।
शनिवार सम्पन्न निर्वाचनको आइतवार मध्यन्न प्राप्त परिणाम अनुसार पदाधिकारीहरुमा उप महासचिव धनकला भण्डारी बाहेक सबै संस्थापन विरोधी समूहका निर्वाचित भएका छन् ।
अध्यक्ष पौडेल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन भने धनकला भण्डारी कांग्रेस नेता चन्द्र भण्डारीकी नातेदार हुन् ।
निर्वाचन परिणाम यस्तो छ :
अध्यक्ष :
राजेन्द्र राज पौडेल – ३२४( बिजयी)
केशब निरौला-२५६
बरिस्ठ उपाध्यक्ष :
यम पि.भुसाल -३१५( बिजयी)
बिष्णुदेबि पान्डे -२५३
उपाध्यक्ष महिला :
पद्मिनी थापा – ३४३( बिजयी)
सुसिला सुवेदी – २३६
उपाध्यक्ष प्रदेश ३
प्रेम प्रसाद भट्टराई – २८४( बिजयी)
नरेन्द्र केसि – २५०
युबराज नेउपाने -३६
उपाध्यक्ष प्रदेस ४
बिष्णुहरि बास्तोला – २४५
भरत लम्साल- ३३१( बिजयी)
उपाध्यक्ष प्रदेश ५
अमर ब खड्का – ३५७( बिजयी)
निर्मल डागी- २१३
उपाध्यक्ष प्रदेश ६
जनक ब शिह -२९७( बिजयी)
भक्ती प्र उपाध्याय -२७४
उपाध्यक्ष प्रदेश ७
पदम अधिकारी -२३२
लक्ष्मण दत्त भट्ट – ३४०( बिजयी)
महासचिव :
गोकर्ण बानियाँ – २७४
सोमनाथ गिरि – ३०२( बिजयी)
महासचिव अर्थ :
गिता सिवाकोटी – २४८
पुष्पकला भट्टराई – ३२०( बिजयी)
उप महासचिव :
सुन्दर पन्त- ३०२( बिजयी)
ज्ञानेन्द्र रावल – २६९
उप महासचिव महिला :
धनकला भन्डारी -३४६( बिजयी)
बिन्दा थापा बस्नेत – २१५
उप महासचिव अर्थ :
प्रभाकुमारी सिजापती – २६४
वाङ जुङ लामा- ३०३( बिजयी)
उप महासचिव समाबेसी :
नुर मोहम्मद मिया- २९२( बिजयी)
पवन यादव – २६८
उप महासचिव कर्णाली :
कालीबहादुर शाहि- २४९
भगवती श्रेष्ठ – ३२० ( बिजयी)