अएर(स्कटल्याण्ड), ३२ आषाढ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत स्कटल्याण्डको राजधानी ग्लास्गोस्थित कम्बरस्तुनस्थित नयाँ क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले नेपाललाई २०० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९९ रन बनायो ।
नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे ।त्यस्तै खेलमा जाँन निकोल लफ्ति एटन र रुवेन ट्रम्पलमेनले १९/१९रन जोडे । खेलमा क्र्याग विलियम्सले ५, जान फ्रायक्लिनले ३, लो ह्याड्रे लौव्रेन्स, बिर्नाड स्कोल्ज र बेञ्ज शिकोन्जोले २/२ रन जोडे ।
नामिबिया विरुद्धको खेलमा बलिङमा कप्तान सन्दीप लामिछाने चम्किए । उनले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २ / २ तथा वसिर अहमदले १ विकेट लिए ।
नामिबियाविरुद्ध ४ विकेट लिएपछि लिग टु मा सन्दीपको विकेट संख्या ४१ पुगेको छ र उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा उक्लेका छन् ।
५०ओभरको खेलमा २०० रनको लक्ष्य सामान्य मानिन्छ । नेपालका ब्याट्स्म्यानहरुले धैर्यता प्रदर्शन गर्न सके भने २० ओभरको टी २० मा पनि अर्ध शतक र शतक प्रहार गर्ने कुशल, रोहित,दीपेन्द्र सिंह ऐरी, रोहित लगायतका खेलाडीले ५० ओभरको खेलमा २०० रनको योगफल तयार पार्न नसक्ने भन्ने छैन ।
नामिबियासंगको पहिलो खेलमा उसले २ सय २१ रनको लक्ष्य दिएको थियो । एक दिवसीय खेलमा आदर्श खेलाडी मानिएका नेपालका उपकप्तान रोहित पौडेल शून्य रनमा आउट भएकोले मात्रै सो खेल नेपालले गुमाएको थियो । सो खेलमा नेपाल १ स ८० रन जोडेको थियो ।
क्यानडासंग पराजित भएर स्कटल्याण्ड पुगेको नेपाली टिम त्यतिखेर नैतिक मनोबल गिरेको थियो ।
तर अहिले नामिबियालाई दुवै खेलमा धूलो चटाएको स्कटल्याण्डलाई पनि ५ विकेटले पराजित गरेको नेपाली टिम उच्च मनोबलसाथ मैदानमा उत्रिएको छ । ओपनिड. ब्याट्स्म्यानहरुले स्कटल्याण्डसंगको खेलमा जस्तै धैर्यता देखाउन सके भने आजको खेल नेपालले जित्ने संभावन ज्यादा छ ।
जय पशुपति नाथ !


















