Prakash Adhikari July 31, 2022

काठमाडौं, १५ श्रावण । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

“उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, डा. बज्राचार्यले भन्नुभयो, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ ।

नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । यसअघि उहाँको उपचार भारतमा भएको थियो ।

नेता गिरीलाई भेटेर फर्कनुभएका नेपाली कांग्रेसका उपसभापति पूणबहादुर खड्काले शनिवार एक स्टाटस लेख्दै भन्नुुभएको छ, मेरा आदर्णीय अग्रज प्रदीप गिरि दाइसंग मेडिसिटी अस्पतालमा भेटेँ । कुरा गर्दा कुरामा कहिँ कतै बिरामीको संकेत नै छैन । एलर्ट हुनुहुन्छ । तर गम्भीर रोगसंग जुध्दै हुनुहुन्छ । मेरो आँखाले देखेँ । महसुस गरेँ। मलाई भन्नुहुन्छ, “सब ठिक छ पूर्णजी,अलिबढि कम्जोरी महसुस भैरहेको छ। जीवन र जगतसंग कति ठूलो बिश्वास छ प्रदीप दाईको  ।”

“हे भगवान कृपा गर ।”
(राससको सहयोगमा)

Share Now

Leave a comment.