काठमाडौं, १६ श्रावण । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ। दुई बैंकबीच आइतबार बेलुका आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
दूई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको छ।
सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्नुहुनेछ । सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन।
केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मशान्तसम्म मर्जरको एकिकृत कारोबार गर्ने बैैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ।
यसै कारण यी दुई बैंकले पुस अघिनै मर्जर सम्पन्न गर्ने तयारी गरेका हुन्।


















