Prakash Adhikari August 11, 2022
Sitaula karyadal

काठमाडौं, २६ श्रावण । नेपाली काग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँट कार्यदलको दोस्रो बैठक आज बस्ने भएको छ।

कार्यदलका एक सदस्यले दिएको जानकारी अनुसार बैंठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरानह ४ बजे बस्ने छ ।

कार्यदलको पहिलो बैठक गत २४ असारमा बसेको थियो। सो बैठकले कार्यदलको संयोजकत्व नेपाली कांग्रेसका शीर्ष नेता कृष्ण सिटौलालाई संयोजक तोकेको छ ।

११ सदस्यीय कार्यदललाई साउन मसान्तभित्रै गठबन्धनको सिट बाँडफाटको जिम्मेवारी दिइएको छ ।

यसअघि बसेको बैठकमा देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन एकसाथ गर्नेगरी समझदारी बनेको एक नेताले जानकारी दिएका छन्।

ती नेताका अुनसार आज बस्ने बैठकमा सिट संख्याको बारेमा छलफल हुने छ। यसअघि नै बाँडफाँट गर्दा लचक हुने समझदारी बनेको छ।

कार्यदलमा नेपाली कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहनुभएको छ।

कार्यदलमा कांग्रेसबाट शीर्ष नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधित्व गर्नुभएको छ।

त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ।

 

Share Now

Leave a comment.