Prakash Adhikari August 24, 2022

क्वाललम्पुर.(मलेशिया), ८ भाद्र(बीबीसी) , उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गरिदिएपछि मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान हुनुभएको छ।

सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना गरेको अभियोगमा उहाँ एक अदालतबाट दोषी ठहर हुनुभएको थियो।

सन् २०२० को जुलाईमा दोषी ठहर भएका ६९ वर्षीय नजिब अपीलपछि जमानतमा रिहा हुनुभएका थियो।

आफूविरुद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न उहाँले गरेको अपीललाई पनि अदालतले अस्वीकार गरिदिएको छ।

आफूले गल्ती गरेको कुरा उहाँले निरन्तर अस्वीकार गर्दै आउनुभएको छ।

दोषी
सन् २०२० मा एक अदालतले पूर्वप्रधानमन्त्री नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो।

मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्याश्नलबाट उहाँका व्यक्तिगत खातामा पठाइएको थियो।

एसआरसी वानएमडीबीको पूर्वएकाइ थियो।

नजिब

नजिब
अदालतले उहाँलाई १२ वर्ष जेलसजाय र २१ करोड रिङ्गिट जरिवाना सुनाएको थियो।

नजिबका वकिलहरूले उहाँका निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारको तर्फबाट दानमा आएको भनी विश्वास दिलाइएको दाबी गरेका थिए।

विवाद
नजिबको उन्मुक्तिका लागि अन्तिम प्रयासस्वरूप मङ्गलवार उहाँका वकिलहरूले उहाँको मुद्दा हेर्ने इजलासबाट प्रधानन्यायाधीशलाई हटाउन माग गरेका थिए।

प्रधानन्यायाधीशका श्रीमान्‌ले सन् २०१८ मा फेसबुकमा नजिबबारे आलोचनात्मक टिप्पणी गरेकाले आदेशप्रति प्रधानन्यायाधीश पूर्वाग्रही हुन सक्ने उनीहरूले तर्क गरेका थिए।

तर प्रधानन्यायाधीशले नाजिबमाथि यस्तो आरोप लाग्नु अघि नै आफ्ना श्रीमान्‌ले फेसबुकमा टिप्पणी गरेको भन्दै मुद्दाको सुनुवाइमा संलग्न नहुन गरिएको आग्रह अस्वीकार गर्नुभएको थियो।

आफ्नो फैसलामा प्रधान न्यायाधीशले पाँच सदस्यीय न्यायाधीशहरूको समूहबाट सर्वसम्मतिले नजिबमाथि लागेका आरोपहरू जाजय देखिएको र उहाँका तर्फबाट गरिएको पुनरावेदनमा ूकुनै नयाँ दाबी नभएकोू ठहर गर्नुभएको छ।

ूप्रतिरक्षा आफैँमा असङ्गत र अविश्वसनीय छ जसले यो मुद्दामा शङ्का गर्नुपर्ने कुनै पनि कारण दिन सकेको छैन,ू उहाँले भन्नुभएको छ।

वानएमडीबी सम्बन्धी पाँच वटा सुनुवाइ मध्ये मङ्गलवारको सुनुवाइ पहिलो हो।

नजिबकी श्रीमती रोश्मा मन्सुरले पनि सम्पत्ति शुद्धीकरण र एक सौर्य ऊर्जा परियोजनामा कर छलीको फरक मुद्दाहरू खेपिरहनुभएको छ।

तर यसमा आफू दोषी नभएको उहाँको जिकिर छ।

उच्च अदालतले आगामी साता अर्थात् सेप्टेम्बर १ मा उहाँमाथि चलिरहेको मुद्दामा फैसला सुनाउने तय गरेको छ।

नजिबको राजनीतिक पृष्ठभूमि

नजिब मलेशियाका दोस्रा प्रधानमन्त्री अब्दुल रजाकका जेठा छोरा हुनुहुन्छ।

उहाँ कुनै बेला निकै प्रख्यात थिए।

उहाँले आफ्नो देशको आर्थिक विकासलाई अगाडि बढाउन सन् २००९ मा उक्त सार्वभौम कोष स्थापना गर्नुभएको थियो।

तर नौ वर्षपछि त्यसैले उहाँ र उहाँको परिवारलाई अधोगतिमा पुर्‍याइदियो।

क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर उहाँले वनएमडीबी स्थापना गर्नुभएको थियो।

तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो।

त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर नजिबका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो।

तर नजिबले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्नभयोु।

नजिब रजाकेल माध्यमिक तहको शिक्षा यूकेमा पूरा गर्नुभएको थियो।

त्यसपछि उहाँले नटिङ्अम विश्वविद्यालयमा औद्योगिक अर्थशास्त्र पढनुभयो।

उहाँको त्यो पृष्ठभूमि र मर्यादित इस्लामबारे उहाँका भनाइका कारण डेभिड क्यामरुन र बराक ओबामाजस्ता नेतासँग उहाँ स्वाभाविक रूपमा कुरा मिल्ने समकालीन व्यक्तित्व बन्नुभयो।

रजाकले सधैँ भ्रष्टाचारको आरोपको खण्डन गर्दै आउनुभएको छ ।

सत्तारूढ हुँदा सम्बन्धित निकायहरूले उनलाई सफाइ पनि दिएका थिए ।

Share Now

Leave a comment.