Prakash Adhikari August 26, 2022

 

नैरोबी(केन्या), १० भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमसंगको दोस्रो खेलमा केन्याले नेपाललाई १ सय ३५ रनको चुनौती पेस गरेको छ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर केन्याले ब्याटिङ थालेको केन्याले ९ विकेट गुमाउँदै १ सय ३४ रनमात्र बनाउन सकेको हो।

केन्याका दुवै ओपनर र पछिल्लो वरीयताका पाँच जना ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेपछि दोस्रो खेलमा पनि केन्या सस्तैमा समेटिएको हो।

केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडे। त्यस्तै इर्फान करिमले २२, नहेमिहा ओधियाम्बोले ३१ र सचिन गुडियाले १४ रन बटुले।

केन्यालाई रोक्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिए भने करण केसीले २ र पवन सर्राफले १ विकेट लिए।

यसअघि बिहीबार भएको पहिलो खेलमा केन्याले १ सय ३० रन जोडेर नेपालसामु १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले बिहिबारको खेलमा केन्याले दिएको १ सय ३१ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेर पूरा गरेको थियो ।

बिहिबार ५ विकेटले केन्यालाई पराजित गरेको नेपालले आज कतिले पराजित गर्दछ भन्ने चासो नेपाली क्रिकेट प्रेमीहरुबीच बढेको छ ।

 

Share Now

Leave a comment.