पाटनढोका(ललितपुर), ११ भाद्र । मदन पुरस्कार गुठीले यसवर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लागि डा. नवराज लम्साललाई प्रदान गरेको छ।
त्यस्तै जगदम्बाश्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभएको छ।
दुवै पुरस्कारको राशी ४ लाख रुपैयाँ छ।
यसअघि गुठीले ८ पुस्तकलाई ‘सर्टलिस्ट’मा राखेको थियो ।
‘अग्नि’ : डा. नवराज लम्साल
‘ग्रीष्मको नीलो बतास’: डा। दामोदर पुडासैनी ‘किशोर’
‘महाभारा’:बसन्त बस्नेत
‘यादको सन्दुक’:दिपा मेवाहाङ राई
‘लिच्छवि लिपि’:डा.नयनाथ पौडेल
‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’:प्रा. नीलमणि ढुङ्गाना
‘सतीः इतिहास र मीमांसा’:सुजित मैनाली
‘हिति प्रणाली’:पद्मसुन्दर जोशी


















