Prakash Adhikari August 29, 2022

नैरोबी(केन्या), १३ भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० श्रृखलाको चौथो खेलमा सहज लक्ष्य पाएको छ ।

नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाएर १ सय १ रन बनाएर नेपालका सामु जम्मा १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन, बनाए भने कोलिन्स ओबुयाले २० । खेलमा कप्तान शेम एनगोचेले १३ रन, सचिन भुदियाले ८ र एनएम ओदियाम्बो र राकेप पटेलले ६, एनएन ओदियाम्बोले ५,सुखदीप सिंह र ओबन्दाले ३ / ३, इलिजाह ओरियान्टो र ब्रज पटेलले १ / १ रन जोडे ।


Kenya vs Nepal, 4th T20I

KEN – 101/10
Player R(B) 4s 6s SR
Collins Obuya 20(30) 2 0 66.67
c Shahab Alam b Lamichhane
Obanda 3(15) 0 0 20
c Karan KC b Aadil Ansari
NN Odhiambo 5(4) 1 0 125
st Arjun Saud b Lamichhane
Rakep Patel 6(13) 0 0 46.15
c Malla b Shahab Alam
Sachin Bhudia 8(11) 0 0 72.73
run out (Lamichhane/Shahab Alam)
NM Odhiambo 6(11) 0 0 54.55
c Arjun Saud b Lamichhane
Sukhdeep Singh 3(3) 0 0 100
b Aadil Ansari
Oluoch 33(18) 3 3 183.33
c and b Dipendra Singh
Shem Ngoche 13(10) 0 1 130
c Karan KC b Lamichhane
Elijah Otieno 1(4) 0 0 25
st Arjun Saud b Lamichhane
Vraj Patel 1(1) 0 0 100
not out

Extras 2

(nb 0, b 0, penalty 0, w 2, lb 0)

Total 101

(20 ovrs, 10 Wkts)  RR 5.05
Bowling
Bowler O M R W
Sompal Kami 4 0 23 0
Karan KC 4 0 23 0
Aadil Ansari 4 0 21 2
Lamichhane 4 0 9 5
Shahab Alam 3 0 15 1
Dipendra Singh 1 0 10 1

केन्यालाई रोक्ने क्रममा नेपालका क्याप्टेन सन्दीप लामिछानेले ५, आदिल अन्सारीले २, साहब आलम र दीपेन्द्रसिंह ऐरीले १।१ विकेट लिए ।

नेपालका कप्तान सन्दीप लामिछानेका आजको दिन निकै फलिफापूर्ण रह्यो उनले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए ।
क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा मैदानमा उत्रिएको नेपाली टिममा आज उपकप्तान रोहित पौडेल, पूर्व कप्तान ज्ञानेन्द्र मल्ला, विकेट किपर अर्जुन साउद, पूर्व उपकप्तान दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, आरिफ शेख, करन के.सी. सोमपाल कामी,शाहब आलम र आदिल अन्सारी सम्मिलित थिए ।

आज बसिर अहमद, किशोरी महतो,देव खनाल,विवेक यादव,मोहम्मद आदिल आलम र आशिफ शेख भने बेञ्जमा रहेका थिए ।


Share Now

Leave a comment.