Prakash Adhikari September 2, 2022

नैरोबी(केन्या), १७ भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक दिवसीय अन्तर्राष्ट्रिय खेलको पहिले खेलमा केन्यालाई शानदार ढंगले ७ विकेटले पराजित गरेको छ ।

नैरोबीस्थित जिमखाना क्लब मैदानमा केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेट क्षतिमा हासिल गरेको थियो ।
लक्ष्य पछ्याउने क्रममा नेपालको ओपनर आसिफ शेखले शतकीय योगदान दिए।

लिस्ट ‘ए’ क्रिकेटमा पहिलो शतक बनाएका उनले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १ सय १० रन बनाए।

अर्का ओपनर अर्जुन साउदले लिस्ट ‘ए’ डेब्युमा अर्धशतक बनाए जुन क्रममा ९७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। आसिफ र अर्जुनले १ सय ४१ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे।

अर्जुन ३२ औं ओभरमा ओबुयाबाट क्याच आउट भए।

दोश्रो विकेटको आसिफले ज्ञानेन्द्र मल्लसंग ५७ रन जोडे।

४४ औं ओभरमा असिफलाई भिशिल पटेलले बोल्ड गरे।

लगत्तै ओभरमा ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन बनाएर आउट भए।

रोहित पौडेलले अविजित ३ तथा दिपेन्द्र ऐरीले अविजित १५ रन बनाउदै नेपाललाई जित दिलाए।

NEPAL INNINGS (Target: 219 runs from 50 overs)
BATTING R B 4s 6s SR
Arjun Saud † c Ringera b Obuya 61 97 5 1 62.88
Aasif Sheikh  b Vishil Patel 110 120 12 2 91.66
Gyanendra Malla  c & b Patel 23 50 1 0 46.00
Rohit Paudel (c) not out 3 6 0 0 50.00
Dipendra Singh Airee  not out 15 11 1 1 136.36
Extras (w 8) 8
TOTAL 47.2 Ov (RR: 4.64) 220/3

नेपाललाई रोक्न भिसिल पटेल र कोलिन्स ओबुयाले एक एक विकेट लिए ।

यस पहिलो टस जितेर ब्याटिंग गरेको केन्याले ४८.१ ओभरमा २ सय १८ रन बनायो।

केन्याको लागि राकेप पटेलले ६७, कोलिन्स ओबुयाले ६२ इरफान करिमले ३० तथा सचिन बुढीयाले २६ रन बनाए।

नेपालको बलिंगमा सोमपाल कामीह् र करन केसीले ३ । ३ विकेट तथा अदिल अन्सारी र पवन सर्राफले १ । १ विकेट लिए।

 

KENYA INNINGS (50 overs maximum)
BATTING R B 4s 6s SR
Sukhdeep Singh (c) c & b Sompal Kami 6 5 1 0 120.00
Alex Obanda  c †Saud b Karan KC 0 8 0 0 0.00
Irfan Karim † b Sarraf 30 41 5 1 73.17
Nelson Odhiambo  lbw b Sompal Kami 2 9 0 0 22.22
Rakep Patel  c Paudel b Mohammad Aadil Alam 67 75 7 2 89.33
Collins Obuya  run out (Paudel) 62 118 3 2 52.54
Sachin Bhudia  run out (Airee/†Saud) 26 21 1 2 123.80
Shem Ngoche  lbw b Sompal Kami 0 2 0 0 0.00
Emmanuel Bundi  c †Saud b Karan KC 1 2 0 0 50.00
Elijah Otieno  b Karan KC 3 6 0 0 50.00
Vishil Patel  not out 1 2 0 0 50.00
Extras (b 2, lb 7, w 11) 20
TOTAL 48.1 Ov (RR: 4.52) 218
Fall

एक दिवसीय श्रृखला अन्तर्गत दोश्रो खेल शनिवार १२ः ४५ बजे दिउँसो सुरु हुनेछ।

यस अघि सम्पन्न टी २० अन्तर्राष्ट्रिय सिरिज नेपालले ३ २ ले जितेको थियो।

Share Now

Leave a comment.