Prakash Adhikari September 2, 2022

सानो थिःमी (भक्तपुर), १७ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह (कक्षा १२)को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले ग्रेडिङ पद्धति अनुसार नतिजा प्रकाशित गरिएको जानकारी दिएको छ। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

परीक्षा दिन ४ लाख १० हजार ६८ जनाले फारम भरेकोमा ३ लाख ९६ हजार १ सय ८५ जना विद्यार्थी सहभागी थिए।

प्रकाशित नतिजा अनुसार जिपिए ३.६१ देखि ४ सम्म ल्याउने विद्यार्थी ४ हजार १ सय ७९ छन्। साथै कम जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी संख्या ३५ छ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार आधाभन्दा बढी १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थी नन ग्रेडेड छन् । उनीहरुमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिन सक्नेछन् ।

परीक्षा बोर्डले दुई विषयसम्म नन ग्रेडेड ल्याएक विद्यार्थीे परीक्षा दिन पाउने र दुई भन्दाबढी विषयमा नन ग्रेडेड ल्याएको अवस्थामा अर्को वर्ष सबै परीक्षा दिनुपर्ने नियम बनाएको छ ।

यसरी हेर्दा ५७ हजार ५ सय ३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

यस बर्षको परीक्षामा १ लाख ८८ हजार ४ सय १० जना नन ग्रेडेड छन् । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो ।

यो नतिजा निराशाजनक भएको शिक्षाविद् प्रा.डा.लक्ष्मण ज्ञवाली बताउनुहुन्छ। कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले भविश्य लक्षित विषय रोजेर अध्ययन गर्दा समेत नन ग्रेडेल आउनेको संख्या बढी हुनु निराशाजनक लागेको शिक्षाविद्हरुको भनाई छ ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । तोकिएको अङक भन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने छ ।
आधाभन्दा बढी परीक्षार्थीको नजिता नन ग्रेडेड आउँदा पनि शिक्षाको गुणस्तर विगतको तुलनामा तल नझरेको दाबी बोर्डका अध्यक्ष महाश्रम शर्माको रहेको छ । उहाँले भन्नुभयो , ‘समग्र नतिजाले विगतको ट्रेन्डलाई पछ्याएको छ । त्यसैले यसलाई हामीले अन्यथा लिएका छैनौं ।’

यद्यपि यसमा सन्तुष्टि मान्ने अवस्था नभएकाले अर्को वर्ष शैक्षिक गुणस्तर उकास्नको लागि धेरै मिहिनेत गर्नुपर्ने े ि ।

कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । २०७८ सालमा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ जना विद्यार्थीले ३.६ जीपीए कटाएका थिए । यो वर्ष बोर्डले केन्द्र तोकेर परीक्षा सञ्चालन गर्दा ३.६१ देखि ४ जीपीए ल्याउने ४ हजार १७९ विद्यार्थी छन् ।

ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार प्रकाशन गरिएको र नियमिततर्फको परीक्षार्थीको लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक भएको परीक्षा बोर्डको दावी छ ।

यो निर्देशिका अनुसार सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।

कार्यालयको अनुसार आंशिकतर्फ पनि जम्मा ४१.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागी ३ हजार १ सय ३२ जना मध्ये १ हजार २ सय ८८ जना मात्रै उत्तीर्ण भएको जनाएको छ ।

४३ जनाको परीक्षाफल रद्द

परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फ ३८ जनाको, ग्रेडवृद्धितर्फ ३ जना र आंशिकतर्फ २ जना गरी ४३ जनाको परीक्षाफल रद्द गरेको जनाएको छ ।

४२ जनाको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको र एक जनाको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द गर्नुको साथै थप एक वर्ष बोर्डले सञ्चालन गर्ने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ ।

 

Share Now

Leave a comment.