Prakash Adhikari September 3, 2022

काठमाडौं, १८ भाद्र । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेद्वार सिफारिस गरेको छ ।

पार्टीको क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फभीमसेदास प्रधान र सबुज कृष्ण बानियाँलाई उम्मेदवार सिफारिस गरेको छ । प्रधान उक्त क्षेत्रका दुईपटक निर्वाचित भैसक्नुभएको छ । अहिले पनि सांसद हुनुुहुन्छ भने बानियाँ काठमाडौं जिल्ला सभापति हुनुहुन्छ ।

त्यसैगरी समानुपातिकतर्फ गोविन्द परियार र अम्बिका शर्मा सिफारिस हुनुभएको छ ।परियार प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख हुनुहुन्छ भने शर्मा व्यावसायी हुनुहुन्छ ।

त्यस्तै, प्रदेश सभा सदस्य निर्वाचन तर्फ प्रदेश ‘ख’ को लागि प्रत्यक्षतर्फ हरिहर अधिकारी, विवणुभक्त तिमिल्सिना र राजकुमार डंगोल सिफारिस गरिएको छ । प्रदेश समानुपातिकमा श्यामकृष्ण खड्गी र सिता घिमिरेलाई सिफारिस गरिएको छ ।

Share Now

Leave a comment.