काठमाडौं, २१ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दज्र्यानी प्रदान गर्नुभएको छ ।
सोमबार अपरान्ह शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति भण्डारीले भारतीय सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले राष्ट्रपति भण्डारीले भारतीय सेना प्रमुख मनोज पाण्डेलाई सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेको जानकारी दिनुभएको छ ।
राष्ट्रपति भण्डारी नेपाली सेनाकी परमाधिपति हुनुहुन्छ ।
भारतीय सेनाध्यक्ष पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबारदेखि काठमाडौंमा हुनुहुन्छ ।
The Right Honourable President of Nepal Mrs Bidya Devi Bhandari confers the Honorary Rank of General of the Nepali Army to General Manoj Pande, Chief of the Army Staff, Indian Army#HonoraryGeneralNA pic.twitter.com/tsWTPuFcBy
— NASpokesperson (@NaSpokesperson) September 5, 2022
सैन्य सामग्री हस्तान्तरण
आफ्नो भ्रमणको दोस्रो दिन भारतीय सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
नेपालका प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आउनुभएका भारतीय सेनाध्यक्ष पाण्डेले नेपाली सेनाको प्रधानकार्यालय भद्रकालीमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गर्नुभएको हो।
General Manoj Pande, Chief of the Army Staff, Indian Army handed over various non-lethal military items to General Prabhu Ram Sharma, Chief of the Army Staff, Nepali Army. #MilitaryCooperation #NIBCGSI pic.twitter.com/PLVMXQUikq
— NASpokesperson (@NaSpokesperson) September 5, 2022
नेपाली जंगी अड्डामा नेपालका प्रधान सेनापति र भारतीय सेनाध्यक्ष पाण्डेको भेटवार्तासमेत भएको थियो । भेटवार्ता दुवै देशको सेनाका बीचको सम्बन्ध र सहयोगमा केन्द्रित रहेको थियो ।
भेटवार्तापछि भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानसेनापति शर्मालाई विभिन्न गैर घातक सैन्य सामग्री हस्तान्तरण गरेको नेपाली सेनाले जानकारी दिएको हो ।
General Manoj Pande, Chief of the Army Staff, Indian Army, meets his Nepali Counterpart COAS General Prabhu Ram Sharma at the latter's office at Army Headquarters on September 05, 2022. pic.twitter.com/sXovkdWOWc
— NASpokesperson (@NaSpokesperson) September 5, 2022
सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको छ । सो अवसरमा भारतीय सेनाध्यक्ष पाण्डेले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो।
यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
General Manoj Pande, Chief of the Army Staff, Indian Army receives and inspects the Guard of Honor at the Army Headquarters.#GuardofHonor #COASIndianArmy pic.twitter.com/2V63tcmfLc
— NASpokesperson (@NaSpokesperson) September 5, 2022


















