Prakash Adhikari September 7, 2022

काठमाडौं,२२ भाद्र । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि एक नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार जाहेरी परेको प्रहरी कार्यालय गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौं स‌ंयुक्त रूपमा अनुसन्धान अगाडि बढाएका छन्।

राई भन्छन्, ूबढीमा २५ दिनभित्र प्रहरीले अनुसन्धान पूरा गरेर अदालत समक्ष पेस गर्नेछ।ू

जिल्ला प्रहरी परिसर काठमाडौं बुधवार प्रकाशित गरेको विज्ञप्तिमा ूप्रहरी वृत्त गौशालामा त्यस्तो जाहेरी परेको र त्यसपछि उक्त घटनाबारे अनुसन्धान भइरहेकोू जनाइएको छ।

उक्त आरोपका सन्दर्भमा लामिछानेले कुनै प्रतिक्रिया दिइसकेका छैनन्।

बीबीसीले पनि उनी र उनका एजेन्टसँग प्रतिक्रिया लिने प्रयत्न गरिरहेको छ।

घटना भदौ ५ र ६ गते भएको प्रहरीले जनाएको छ।

लामिछाने अहिले सीपीएल खेल्न क्यारेबियन मुलुक जमैकामा पुगेका छन् । उनलाई प्रतिभाशाली लेग स्पिनर मानिन्छ।

के भन्छ प्रहरी ?

प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी भएको र उनको विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ।

ती किशोरीका आफन्तका तर्फबाट भदौ २१ गते उक्त उजुरी दायर भएको थियो।

प्रहरीले विभिन्न किसिमका प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सूक्ष्म रूपमा थप अनुसन्धान भइरहेको जनाएको छ।

नेपाल प्रहरीको विज्ञप्ति


नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछाने उपर जवरजस्ती करणी (जजक) कसूरमा प्रहरी बृत्त गौशालामा परेको जाहेरी दरखास्त सम्बन्धी:
गौशाला २६ (छ) ०७९/०८० ले निजको नावालिका बहिनी वर्ष १७ की गौशाला २६ (छ) (१) लाई जि. स्याङ्जा अर्जुनचौपारी गा.पा. आरुचौर स्थाई वतन भई हाल काठमाण्डौ बुढानीलकण्ठ न.पा. बस्ने अं. ५’७” उचाई, गहुँगोरो, पातलो वर्णको नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाण्डौ ल्याई रातको अं. २३:५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अं. ००:२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।
प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र One-Stop Crisis Management Center मा लगी बिस्तृत स्वास्थ्य परीक्षण गराइएको ।
अनुसन्धानका बिविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भई रहेको ।

कहाँ छन् सन्दीप लामिछाने ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने मैत्रीपूर्ण टी(२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए।

टी २० शृङ्खलामा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी त्यसपछि क्यारिबियन लीग खेल्नका लागि जमैका पुगेका छन्।

लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।

लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन)मा महँगो मूल्यमा सकारिएका थिए।

उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्।

Share Now

Leave a comment.