Prakash Adhikari September 11, 2022

 

काठमाडौं, २६ भाद्र। नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक थप जनशक्तिको आपूर्तिका लागि सो आवेदन खुलाइएको हो।

आइतबार प्रकाशित सूचना अनुसार १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरी जागिरका लागि आवेदन दिन पाउनेछन् ।

प्रहरीका लागि यसअघि नै म्यादी प्रहरी भैसकेका व्यक्तिले प्रमुख प्राथिकता पाउनेछन्।

यस्तै पूर्व प्रहरी, शसस्त्र र नेपाली सेनालाई समेत प्राथमिकतामा राखिएको छ।

कार्यालयका अनुसार असोज १४ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। दरखास्त फारम देशका सबै प्रहरी कार्यालयहरुमा पाइनेछ।

सेवा सुविधाको हकमा म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैंया पारिश्रमिक तोकिएको छ। जसमा ४० दिनको कुल ३४ हजार ७ सय ६० प्राप्त गर्नेछन्। यस्तै खाद्यान्नका लागि ७२ सय र पोसाकका लागि ७ हजार खर्च उपलब्ध हुनेछ।

एक म्यादी प्रहरी बराबर ४८ हजार ९ सय ६० रुपैंया खर्च हुनेछ।

यसरी सरकारले कुल म्यादी प्रहरीका लागि ५ अर्ब ६३ करोड ४ लाख रुपैंया खर्च गर्नेछ।

Share Now

Leave a comment.