Prakash Adhikari September 13, 2022

काठमाडौं, २८ भाद्र । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज मंगलबार पनि बस्दै छ।

बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ।

बैठकमा समितिले सूचीमा रहेका प्रश्नहरुको बयान लिने तयारी गरेको छ ।

४३ वटा प्रश्न तयार पारेको समितिले चौथो दिनसम्म ३५ प्रश्नको बयान लिएको छ । समितिले अझै जबरासंग ८ वटा प्रश्नको सोध्न बाँकी छ।

तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका निलम्बित प्रधानन्यायाधीशले चौथो दिन आइतवार २४ वटा प्रश्नको जवाफ दिएका थिए।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउने दिन असोज २ गतेबाट समाप्त हुने जानकारी दिएपछि छानबिन समितिले सो समय अगाडि नै प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

Share Now

Leave a comment.