काठमाडौं, १ असोज । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्दैछ । दिउसो एक बजे बस्ने बैठकको यो समाचार तयार पार्दासम्म कुनै कार्यसूची तोकिएको छैन ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्मलाई कार्यकाल मानिएको छ ।
आज महाभियोग सिफारिस समितिले प्रतिवेदन तयार पार्न सकेको अवस्थामा सो प्रतिवेदन पेश हुने संभावना भने रहेको छ ।
अन्यथा आज सबै सांसदहरुले बिदाई मन्तव्य राख्न सक्ने छन् । अन्य पूर्वनिर्धारित कार्यक्रम रहेका छैनन् ।


















