काठमाडौं, ३ असोज । नेपाली कांग्रेसको पार्टीका आधिकारिक उम्मेद्वारहरु चयन गर्ने संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फा उमेदवारको सूचीलाई अन्तिम रूप दिन कांग्रेस संसदीय समितिको बैठक बस्न लागेको हो।
बैठक बिहान साढे ८ बजेदेखि बालुवाटारमा बस्ने तय भएको छ।
उक्त अन्तिम सूचीलाई कार्यसम्पादन समितिको बैठकबाट आजै पास गरी निर्वाचन आयोगमा बुझाउने तयारी छ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक तर्फका उम्मेद्वारहरुको सूचि बुझाउने दिन हिजो र आजलाई निर्धारण गरेको छ ।
हिजो समानुपातिक तर्फका उम्मेद्वारहरुको नामावलीलाई अन्तिम रुप दिन नभ्याइएपछि आजको बैठकले अन्तिम रुप दिने भएको हो ।
संसदीय समितिको निर्णयलाई अनुमोदन गर्न आज कार्यसम्पादन समितिको बैठक बस्ने संभावना पनि छ । तर एकिन भैसकेको छैन ।
समानुपातिकको बन्दसूची पेश गर्ने आज अन्तिम दिन हो । यद्यपि आज बुझाइएको सूचीमा संशोधन गर्ने समय निर्वाचन आयोगले १६ गतेसम्म राखेको छ ।


















