काठमाडौं, ४ असोज । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीलाई पितृशोक परेको छ ।
उहाँका पिता रन्जोरसिंह कार्कीको सोमबार दिउँसो १ः३० बजे बीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको थियो ।
दमले च्यापेपछि उहाँलाई अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउदा उहाँको अन्तिम अबस्था भैसेकेको डा.कार्कीले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ ।
दिउँसो १ः३० बजे चिकित्सकहरुले उहाँको निधन भएको घोषणा गरेका थिए ।
उहाँको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।


















