Prakash Adhikari September 20, 2022

 

काठमाडौं, ४ असोज । टुकुचा क्षेत्रका संरचना भत्काएर टुकुचालाई खुला सतहमा बगाउने काठमाडौं महानगरको योजना विवादमा परेको छ ।

उच्च अदालत पाटनले आइतबार टुकुचा खोला क्षेत्रका आसपासमा बनेका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेपछि यो विवाद झन पेचिलो बनेको छ ।

काठमाडौं महानगरले सो दिन आदेश प्राप्त नभएको भन्दै टुकुचा क्षेत्रका संरचना भत्काउने कार्य जारी राखेको थियो । सोमबार संविधान दिवसको कारण सरकारी विदा भएकोले यसमा थप काम भएन ।

आजसम्म अदालतको आदेश महानगरमा पुगिसक्ने बताइएको छ । यसैले खोला खोज्ने निहुँमा त्यस क्षेत्रमा बनेका निजी भवनहरु भत्काउने महानगरको योजना हाललाई स्थगित हुने अवस्था छ ।

कामपाले नक्सा पास र भवन निर्माण सम्पन्न प्रमाणपत्रसमेत भएको घरमा पनि डोजर लगाएपछि अन्य दुई कम्पनीसहित प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले रिट दायर गर्नुभएको थियो ।

सो रिट माथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

अदालतले भोलि असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रक्रियाबमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्रसमेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुवै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।

टुकुचा खोला खोज्दै त्यसमाथि बनेका संरचना भत्काउने अभियान थालेको कामपाले पहिलो दिन नक्सालस्थित जय नेपाल हल र शनिबार हात्तीसारस्थित लक्ष्मी बैंकको कम्पाउन्ड फुटाएर टुकुचा खोला निकालेका थियो ।
यसैबीच पुरातत्व विभागले पनि टुकुचा खोलाको भूमिगत सुरुङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न कामपासँग छलफल शुरु गरेको छ ।

विभागले जमिनमुनिबाट बगाउन १ सय ३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको इँटाको गुम्बज शैलीको भूमिगत सुरुङमा डोजर चलाउँदा पुरातात्विक सम्पदामा क्षति पुग्न सक्ने भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

निवेदकहरूले महानगरपालिका–७ को कित्ता नम्बर ३०३८ र ३०३९ को १० आना बढी जग्गा २०५३ सालमा किनेर त्यसमा घर बनाउन महानगरबाटै भवन निर्माणको इजाजत लिएको थियो ।

त्यसका साथै कित्ता नम्बर ७ को ९ आना बढी जग्गामा भएको घरसमेत २०६८ सालमा किनेर भोग चलन गर्दै आएको देखिएको अदालतले जनाएको छ ।

आफूहरूले किनेर भोगचलन गर्दै आएको जग्गामा बनेका घर महानगरपालिकाले कानुनी प्रक्रिया नपु¥याई र क्षतिपूर्ति नदिई हटाउन लागेको रिट निवेदनमा उल्लेख गरिएको छ ।

मनोज मनुजको तथ्यले ल्यायो तरंग

टुकुचा पुरेर भवन बनाएको भन्दे महानगरले टुकुचा उत्खनन गरेपनि सो संरचना श्री ३ वीरसम्मेरको पालामा १९४९ मा बनेको दस्तावेजहरु सार्वजनिक भएका छन् ।
दस्तावेजहरुमा उल्लेख भए अनुसार हात्तीसार दरबारको पटांगिनी बनाउन नारायणहिटीदेखि तीनधारा सडकसम्म टुकुचारलाई गुम्बज शैलीको सुरुड.बनाएर भूमिगत गरिएको थियो ।


Tukuchha tunnel is en engineering masterpiece of the Rana time. This 500 meter long structure has withstood many floods and modern heavy buildings over it.
Most likely this was designed and built by Jogbir Sthapit, the Master architect of Shri 3 Bir Shumsher.
This dui chhape seal of 1949 BS issued by Dev Shumsher in the name of Shri 3 Bir Shumsher mentions about covering tukucha to make a frontyard of the palace. This palace known as Hattisar palace was right across from Jay Nepal Hall, where the Chinese embassy used to be. The small portion is currently converted into Maya Manor (?) boutique hotel.

यो सुरुड.ले झण्डै १ सय ३० बर्षको बाढीका साथै त्यसवरपर बनेका भवन संरचनाहरुको भार थामेको छ ।

श्री ३ वीर शमशेरका प्रमुख बास्तुकार जोगबिर स्थापितले डिजाईन र निर्माण गरेको यो सुरुड. राणाकालीन समयको उत्कृष्ट इञ्जिनियरिड. भएको बताइन्छ।

काठमाडौंको सम्पदा जोगाउने नाराले चुनाव जितेका इञ्जिनियर तथा र्यापर बालेनको पुरातात्वि महत्वको इञ्जिनियरिड. संरचना भत्काउने हरकतलाई पुरातत्वविद्, संरक्षणविद्, सम्पदाप्रेमीहरुले रुचाएका छैनन् ।

त्यसमाथि नेपाली इञ्जिनियर र नेवार जातिका इञ्जिनियरले बनाएको यो सम्पदा मासेर नेवार जातिको इतिहास र मास्न लागेको आरोप उनीमाथि लागेको छ ।

Share Now

Leave a comment.