Prakash Adhikari September 26, 2022

 

काठमाडौं, १० असोज । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटेकोले नेपालमा पनि मूल्य घट्ने संभावना रहेको नेपाल आयल निगमले बताएको छ ।

विश्व बजारमा खनिज तेलको मूल्य युक्रेन युद्ध सुरु भएको फेब्रुअरी महिनाअघिकै अवस्थामा पुगेको छ । नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले नेपालमा समेत नयाँ मूल्यसूची आउँदा भाउ घट्नेमा आशावादी हुन सकिने धेरै सम्भावना देखिएको बताउनुभएको छ।

नियमित प्रक्रिया अन्तर्गत असोज १६ गते इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगम (एनओसी)लाई नयाँ मूल्य सूची पठाउँछ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारको पछिल्लो क्रम घट्दो छ र अबको मूल्य सूची घटेर आउने अवस्था हामीले समेत देखेका छौँ।”

यसअघि पनि आईओसीबाट पेट्रोल र डिजेलका मूल्य केही घट्दै आएको थियो।

NOC using its central office building as collateral to get Rs 3 billion in loans - OnlineKhabar English News

तर निगमले ‘यसअघिकै उच्च घाटा कायम रहेको’ भन्दै मूल्य घटाएको थिएन।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ८६ डलर प्रतिब्यारेल रहेको छ।

निगमले आफूले कति मूल्य घटाउन सक्ने भन्ने कुरा मुख्य रूपमा आईओसीले पठाउने मूल्यसूचीका आधारमा निर्धारण गर्न सक्ने जनाएको छ।

निगमका अधिकारीहरूले यसअघि नै कच्चा तेलको मूल्य घट्दो क्रममा रहँदा पनि ‘प्रशोधन खर्च पाँच गुणाभन्दा धेरै बढाइएकाले’ मूल्यलाई कच्चा तेलको दरले मात्र निर्धारण गर्न नसकिएको बताउँदै आएका थिए।

“खासगरी माग र आपूर्ति चक्र बिथोलिँदा प्रशोधनकर्ताहरूको त्यस्तो कदमले संसारभर डिजेल र पेट्रोलको मूल्य बढेको थियो। अब त्यसमा सुधार हुने अवस्था देखा पर्न थालेको छ”, प्रवक्ता उपाध्यायले भन्नुभयो, “आईओसीले लगातार घटिरहेको अन्तर्राष्ट्रिय बजारको दरलाई हेरेर प्रशोधित पदार्थको दरमा पुनःविचार गर्ने आशा छ।”

निगमलाई आर्थिक दबाव कायमै

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ।

यसअघि सेप्टेम्बर १६ मा आईओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ६।५५ रुपैयाँ तथा डिजेलमा ४२ पैसाले मूल्य घटेर आए तापनि निगमले समायोजन गरेको थिएन।

“अहिले पनि हामीसँग १८ करोड रूपैयाँजति मासिक घाटा रहेकोले त्यसबेला समायोजन नगरिएको हो”,उपाध्यायले बताउनुभयो।

यसअघि आईओसीलाई बक्यौता तिर्न नसक्ने अवस्था आएपछि निगमले सरकारसँग ७ अर्ब र राष्ट्रिय वाणिज्य ब्याङ्कसँग ३ अर्ब रुपैयाँ ऋण लिएको थियो।

युद्ध सुरु भएपछिको दश दिनमा नेपालमा पेट्रोलको मूल्य १५० रुपैयाँ पुर्‍याइएको थियो भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १३३ तोकिएको थियो।

अकल्पनीय वृद्धि

प्रवक्ता उपाध्यायले युक्रेन युद्ध सुरु भएपछिको यसबीचमा कैयौँ पटक ूअकल्पनीय दरमाू मूल्य बढाउनुपरेको बताउनुभयो।

आयल निगम

आयल निगम

“उच्च मूल्य बढेको यसबीचको अवस्थामा निगम मासिक १० अर्ब रुपैयाँसम्म घाटामा गएको थियो। अहिले पनि हामी वार्षिक १ अर्ब ६५ करोड रूपमा तिर्नुपर्ने दायित्वको ब्याज मात्र तिर्नुपर्ने अवस्थामा छौँ।”

एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ुब्रेन्ट क्रूडुको मूल्य २४ फेब्रुअरीमा युक्रेन युद्ध सुरु हुनुअघि प्रतिब्यारैल झण्डै ९० अमेरिकी डलर थियो।

मार्च महिनाको पहिलो साता १४ वर्षयताकै उच्च विन्दूमा अर्थात् कच्चा तेल प्रतिब्यारल १४० अमेरिकी डलर पुगेको थियो।(बीबीसीबाट)

Share Now

Leave a comment.