Prakash Adhikari October 20, 2022

काठमाडौं, ३ कार्तिक । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले एअरवसका दुई न्यारो बडीका र दुई बाइड बडी जहाज किन्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जाको ब्याज भुक्तानी गरेको छ ।

निगमले यही कार्तिक १ गते एक विज्ञप्ति जारी गर्दै निगमले दुई संस्थालाई ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैया भुक्तानी गरेको जानकारी दिएको छ ।

निगमले सञ्चय कोषलाई न्यारो र वाइड बडी जहाज खरिद गर्दा लिएको कर्जाको साँबा र ब्याज बापतको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैया र नागरिक लगानी कोषबाट लिएको कर्जाको किस्ता बापत २० करोड रुपैया बुझाएको छ ।

निगमले विश्वव्यापी कोरोना महामारीको प्रकोपका कारण आफ्ना नियमित उडान बन्द भएकोले विगत तीन बर्षदेखि आफूले लिएको कर्जाको साँबा र ब्याजको किस्ता पनि भुक्तानी गर्न नसक्ने अवस्था रहेकोमा गए असार ३० गते सञ्चय कोष र नागरिक लगानी कोषलाई १ अर्ब ३५ करोड रुपैया भुक्तानी गरेकको थियो ।

गत कार्तिक १२ गते निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका युवराज अधिकारीले कोरोना संकटका कारण धराशायी बन्दै गएको निगममा व्यापक सुधार गर्नुभएको छ ।

नियमित उडानहरुको सुरुआत, रियादमा नयाँ गन्तव्यमा उडान विस्तार, निगमका जहाजमा उडान सुरक्षालाई असर नपर्ने तर खतराजन्त सूचीमा रहेका डेन्जरस गुड्सको ढुवानी गर्ने अनुमति लिने, निगमका जहाजहरुको अधितम् उपयोगिता गर्ने र मर्मत संभारमा नियमित ध्यान दिएका कारण एक बर्षमा निगम आर्थिक,प्रशासनिक र संस्थागत सुधार भएका छन् ।

निगमले अनलाईन बुकिड. पद्धति पनि सुरु गरिसकेको छ ।

Share Now

Leave a comment.