काठमाडौं, १८ कार्तिक । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ ।
यो संझौता अनुरुप एन.सी.सी बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट दिइने छ ।
एनसीसी बैंकले दिएको जानकारी अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा रु २,५०० ।- सम्मको छुट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु ३,००० ।-सम्मको छुट प्राप्त हुने छ ।
यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १ सय ३७ एटीएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।


















