Prakash Adhikari November 7, 2022

काठमाडौं, २१ कार्तिक । नेपालको शेयर बजारमा सोमबार सामान्य गिराबट आएको छ ।

यस दिन नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।

सोमबार २ सय २४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्रीबाट २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको भएको छ।

करिब २ महिनापछि नेपाल स्टक एक्सचेञ्जमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो ।

यस अघि भदौ ३० गते, २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। सोपश्चात, यस दिन नै कारोबार रकम २ अर्ब रुपैयाँ नाघेको हो।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ भने लगानी, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको विकास बैंक, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ

Sub-Indices Current Points Change %Change
Banking 1,364.27 3.99 0.29
Trading 1,890.85 3.25 0.17
Hotels And Tourism 2,728.73 1.83 0.07
Development Bank 3,497.11 39.54 1.12
HydroPower 2,051.21 6.04 0.29
Finance 1,640.80 9.74 0.59
Non Life Insurance 7,753.78 81.15 1.04
Manu.& Pro. 5,143.09 62.99 1.21
Others 1,457.88 0.82 0.06
Microfinance 4,461.41 21.52 0.48
Life Insurance 9,081.16 46.1 0.51
Mutual Fund 13.70 0.14 1.06
Investment 59.10 0.01 0.01

सोमबार धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.१३ प्रतिशत बढेको छ। त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य यस दिन करिब ७ प्रतिशत बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य साढे ४ प्रतिशत बढेको छ।
Top Gainers

Symbol LTP % Change
As of 2022-11-07 14:59:59
DLBS 198.10 8.13
JALPA 3,645.00 6.93
RMF1 7.66 4.64
LICN 1,324.00 4.51
NICGF 9.49 3.94
NMB50 9.77 3.94
NMBHF1 9.31 3.91
SHEL 242.00 3.73
NICFC 8.16 3.68
LUK 8.18 3.54
View All

यस दिन ग्लोबल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ। यस्तै, आशा लघुवित्त, एनआईसी एशिया लघुवित्त र शिवम् सिमेन्ट्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

Top Losers

Symbol LTP % Change
As of 2022-11-07 14:59:59
GILB 1,207.00 -5.70
SMB 1,235.80 -5.66
ALBSL 993.00 -4.43
NICLBSL 744.00 -4.37
SHIVM 675.00 -4.01
MHNL 240.00 -3.69
GBLBS 632.00 -3.66
SLCF 7.36 -3.66
NIBLPF 8.03 -3.60
MMFDB 942.00 -3.38
View All

 

 

कारोबार रकमका आधारमा यस दिन जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। लघुवित्तले ७३ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यस लघुवित्त तर्फ आकर्षित भएका हुन्।

त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेष्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-11-07 14:59:59
JALPA 151,613,163.70 3,645.00
SHIVM 113,950,475.30 675.00
NESDO 106,239,783.80 3,267.00
RIDI 96,004,355.00 479.00
HDL 58,567,590.80 3,675.00
GUFL 51,579,229.20 559.00
HDHPC 42,741,130.40 178.80
NRIC 38,892,646.20 690.00
FOWAD 37,625,645.00 2,735.00
NTC 34,500,841.30 880.00
View All

 

Share Now

Leave a comment.