Prakash Adhikari November 9, 2022

 

काठमाडौं,२३ कात्तिक । बुधबार शेयर बजार ओरालो लागेको छ ।

बुधबार बजार परिसूचक नेप्से ३९.१५ अंकले गिरावट भएर १९१७.२२ अंकमा बन्द भएको छ ।

यस दिन २ सय २३ कम्पनीका ३६ लाख ९७ हजार ७२३ कित्ता शेयरको किनबेचबाट १ अर्ब ४० करोड ७३ लाख ९५ हजारको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई बर्गीकरणमा परेका १३ वटै उपसमूहका उपपरिसूचकहरु घटेका छन् ।

दोहोरो अंकले ओरालो लागेको बजारमा पनि अपर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ७.४२ प्रतिशतले वृद्धि हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य १.७३ प्रतिशत, माउन्टन इनर्जीको सेयर मूल्य १.३३ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयर मूल्य ०.४० प्रतिशतले बढेको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ४.७३ प्रतिशतले गिरावट भएको छ ।

यस दिन एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.९५ प्रतिशतले गिरावट हुँदा गुराँस लघुवित्तको सेयर मूल्य ७.६० प्रतिशत र उपकार लघुवित्तको सेयर मूल्य ७.१७ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज नेष्डो समृद्धि लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाख २८ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ८ लाख ४९ हजार र हिमालयन डिस्टिलरीको ५ करोड १० लाख ११ हजारको कारोबार भएको छ ।

 

Share Now

Leave a comment.