Prakash Adhikari November 13, 2022

सर्लाही, २७ कात्तिक । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले मंसिर ४ गतेको चुनावमा मधेशी जनताको अधिकार दमन गर्ने एमाले नेतृत्वको गठबन्धनलाई परास्त गरी पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

पाँच दलीय गठबन्धनद्धारा शनिबार सार्लाहीको बरहथवामा आयोजित बिशाल चुनावी सभलाई सम्बोधन गर्दै नेता निधिले नागरिकता समस्या हल गर्न कांग्रेसले अघि बढाएको बिधेक एमालेकै उक्साहटमा राष्टपतिले रोक्दा समस्या थप जटिज भएको उल्लेख गर्नुभयो।

त्यसैले एमाले गठबन्धन नागरिकका अधिकार दमन गर्नका लागि भएको भन्दै निधिले चुनाबपछि राष्टपतिलाई हटाएर भए पनि कांग्रेसले नागरिकता समस्या हल गर्ने प्रतिबद्धता जनाउनुभयो।

सत्ता गठबन्धनलाई मत दिएर संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको जित सुनिश्चित गराउनु पर्ने उहाँको भनाई थियो।

आमसभालाई सम्बोधन गर्दै पूर्बमन्त्री एवं माओवादी नेता रामेश्वर राय यादवले जनमतको अपमान गरेर संसद बिघटन गर्ने केपी ओलीलाई जनतासँग मत माग्ने अधिकार नभएको बताउनुभयो।

उहाँको प्रश्न थियो, संसद नचाहने ओलीलाई फेरी भोट किन ?

आमसभालाई पूर्बमन्त्री चन्दा चौधरी, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह, सर्लाही क्षेत्र नं ३ का उम्मेदवार नगेन्द्र साह, ख का उम्मेदवार कांग्रेस नेता हरेश महतो, क का उम्मेदवार समाजवादीका डिल्ली उप्रेती, बिनोद खनाल,कौशलकिशोर राय लगायतका नेताहरुले अहिलेको अबस्थामा नागरिकता लगायतका समस्या समाधानका लागि सत्तागठबन्धनलाई मत दिनुपर्नेमा जोड दिनुभएको थियो।

Share Now

Leave a comment.