Prakash Adhikari November 17, 2022

 

भरतपुर(चितवन), १ मङ्सिर १। नेपाली काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको छ ।

आफू स्वतन्त्र भएकाले गोप्य मतदान गर्ने अधिकार आफूमा रहे पनि काँग्रेसका हरेक तह र तप्कामा रहेकाहरुले गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने धारणा राख्नुभयो ।

बिहीबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले पार्टीकै नेतृत्वमा रहेका केही व्यक्तिहरु नै गठबन्धन उमेदवार हराउन लागेको आरोप लगाउँदै उहाँले सबै सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू र बसिरहेका मानिसहरू को फोटो हुनसक्छ

 

“पार्टीको जिम्मेवारीका हिसाबले म अहिले स्वतन्त्र छु । सबै पार्टीका उम्मेदवारहरु सक्षम हुनुहुन्छ । म कसैको चर्चा उपचर्चा गर्न चाहन्न । त्यो जरुरी पनि छैन”, उहाँले भन्नुभयो, “कम्तीमा पार्टीकै तह र तप्कामा रहेकाहरु अहिले चुनाव जिताउन लाग्नुस् । कतै तपैँहरुको भूमिका चुनाव हराउने खालको नहोस् ।”

उहाँले आफ्ना सहयोगी, सहकर्मी साथीहरुलाई पनि चुनावमा होमिन निर्देशन पनि दिनुभयो ।

२०७० को संविधान सभाको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवारी दिएपछि कोइराला कारबाहीमा पर्नुभएको थियो ।

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू र उभिएका मानिसहरू को फोटो हुनसक्छ

Share Now

Leave a comment.