Prakash Adhikari December 3, 2022

 

काठमाडौं, १७ मंसिर । मत गणना जारी रहेका स्याड.जा निर्वाचन क्षेत्र २ र बाजुरामा नेपाली कांग्रेसका उम्मेद्वारहरु जितको नजिक पुगेका छन्।

स्याङ्जा २ बाट प्राप्त समाचार अनुसार ६ हजार २ सय ९८ मत गन्न बाँकी रहदा नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टी उपसभापति धनराज गुरुड. ६ हजार ५४ मतले अगाडि हुनुहुन्छ ।

स्याड.जामा जम्मा ७० हजार १ सय ९१ मत खसेको थियो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले केहीबेर पहिलेको विवरण अनुसार २८ हजार ४ सय २६ मत हासिल गर्नुभएको छ । एमालेकी पदमाकुमारी अर्यालले २२ हजार ६ सय ५४ हासिल गर्नुभएको छ ।

त्यस्तै प्रदेश सभातर्फ नेपाली कांग्रेसका महेश भट्टराईले १६ हजार १ सय ९ मत प्राप्त गर्दा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १३ हजार ९४ मत हासिल गर्नुभएको छ ।
अब चापाकोट ६ मा मतगणना हुदैछ ।

बाजुरा बद्री ३ हजार ८ सय ८८ मतले अगाडि

बाजुराबाट प्राप्त पछिल्लो समाचार अनुसार नेपाली कांग्रेसका बद्री पाण्डले १७ हजार ४० मत ल्याउनुभएको छ भने नेकपा एमालेका कर्ण थापाले १३ हजार १ सय ५२ मत ल्याउनुभएको छ ।

बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री पाण्डे एमालेका थापाभन्दा ३ हजार ८ सय ८८ मतले अगाडि हुनुहुन्छ ।

Share Now

Leave a comment.