Prakash Adhikari December 3, 2022

 

वालिड.(स्याड.जा), १७ मंसिर । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ विजयी हुनुभएको छ।

उहाँले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका सचिव पद्मा अर्याललाई साढे ५ हजारभन्दा बढी मतले पराजित गर्नुभएको छ।

अन्तिम परिणामअनुसार गुरूङले ३१ हजार ४ सय ६६ मत ल्याउनुभएको छ भने एमाले सचिव अर्यालले २५ हजार ८ सय ३९ मत । उहाँहरूबीचको मतान्तर ५ हजार ६ सय २७ छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ८ हजार १ सय १३ मत ल्याउनुभएको छ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट पद्मा अर्याल विजयी हुनुभएको थियो । उहाँले कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्नुभएको थियो।

स्याड.जा मात्रै हैन, उपत्यकाका जुनसुकै क्षेत्रबाट टिकट दिए पनि जित्छु भन्ने पद्माको दम्भ आफ्नै गृह जिल्लामा तोडिन पुगेकोे छ ।

 

Share Now

Leave a comment.