Prakash Adhikari December 8, 2022

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार दिनको १ बजे बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै समानुपातिक सांसद कलस्टरअनुसार पठाउने विषयमा छलफल हुने बुझिएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थिति रहने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.