Prakash Adhikari December 14, 2022

 

काठमाडौं, २८ मंसिर । बुधबार पनि नेपालको शेयर बजार उकालो चढ्न सकेन । यस दिन अघिल्लो दिनको तुलनामा नेपालको धितोपत्र बजार परिसूचक २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा आएको छ।

 

यस दिन २ सय ४६ कम्पनीका २० लाख ८७ हजार ८ सय ७६ कित्ता शेयरको किनबेचबाट ७२ करोड ७८ लाख ७७ हजार ८ सय ९७ रुपैया ३६ पैसाको कारोबार भएको छ । अघिल्लो दिन ७७ करोड रूपैयाँको हाराहारीमा कारोबार भएको थियो ।

यस दिन बाणिज्य बैंक,विकास बैंक, जीवन बीमा,निर्जीवन बीमा,माइक्रो फाइनान्स र म्युचुअल फण्डको उपपरिसूचक घटेका छन् भने होटल तथा पर्यटन, जलविद्युत,लगानी र उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीहरुको उपपरिसूचकहरु अघिल्लो दिनको तुलनामा बढेका छन् ।

Symbol Current Chng Chng %
1,290.67 -3.99 -0.31
3,368.47 -12.42 -0.37
1,550.65 1.91 0.12
2,730.18 19.47 0.72
2,011.95 5.65 0.28
56.07 0.04 0.08
9,166.92 -26.14 -0.28
5,001.15 12.56 0.25
4,342.13 -7.09 -0.16
13.40 -0.13 -0.94
7,505.98 -3.82 -0.05

 

घटेको शेयर बजारमा पनि बुधबार सीवाईसीएल लघुवित्त,इस्टर्न हाइड्रोपावर,धौलागिरी लघुवित्त,रसुवागढी हाइड्रोपावर,खप्तड लघुवित्त,विननेपाल लघुवित्त,मनकामना स्मार्ट लघुवित्त,स्वेतगंगा हाइड्रोपावर,सपोर्ट माइक्रो फाइनान्स,न्यादी हाइड्रो पावर र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य बढेको छ ।

 

Share Now

Leave a comment.