Prakash Adhikari December 21, 2022

काठमाडौं, ६ पौष। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ ।

मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।

यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा हुनुहुन्छ ।

महामन्त्री गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिनुभएको छ भने सभापति देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ ।
संसदीय दलको नेताको लागि सभापति देउवा र महामन्त्री थापाले मंगलबार नै मनोनयन दर्ता गर्नुभएको थियो ।

कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् ।

दलको नेता चयन हुनका लागि बहुमत अर्थात ४५ मत ल्याउनुपर्नेछ ।

Share Now

Leave a comment.