Prakash Adhikari December 21, 2022

 

काठमाडौं, ६ पौष। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंक एकापसमा गाभ्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले अन्तिम स्वीकृतिको पुष्टि गर्दै एकीकृत कारोबार पुस १७ गतेबाट हुने जानकारी दिनुभयो।

दुई बैंक गाभिएपछि नाम कुमारी बैंक हुने छ। चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ।

बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहनुहुने छ। उहाँ एनसीसी बैंकका प्रमुख कार्यकारी हुनुहुन्छ।

कुमारी बैंकका कार्यकारी अधिकृत खनाल एकापसमा बैंक गाभिएपछि वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनुहुने छ ।

 

 

Share Now

Leave a comment.