Prakash Adhikari December 29, 2022

कीर्तिपुर(काठमाडौं), १४ पौष । नेपाली टी २० लिग अन्तरगत आज भएको पहिलो खेलमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेकोे छ ।

यो खेलको समापनसंगै नेपाल टी २० लिगमा पाँचौ हार भोगेको छ।

बिहीबार भएको खेलमा पोखरा विराटनगर सुपर किंग्ससँग ८ विकेटको फराकिलो हार व्यहोरेको हो।

लिगमा ४ खेल खेलेको विराटनगरले भने योसहित दोस्रो जित दर्ता गरेको हो।

आजको खेलमा पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले ८ बल अगावै २ विकेट गुमाएर हासिल गरेको थियो ।

दोस्रो विकेटका लागि गौरान्सु शर्मा र रोहित पौडेलले ७८ रनको साझेदारी गरेका थिए। ३२ बलको सामना गरेका शर्माले २ चौका र १ छक्का हान्दै ३३ रन जोडे। अर्जुन साउद शुन्य रनमा आउट भए।

Biratnagar Super Kings  (T: 136 runs from 20 ovs)
BATTING R B 4s 6s SR
Arjun Saud † c †Tharanga b Ameer Hamza 0 1 0 0 0.00
Gauranshu Sharma  b Zahir Khan 33 32 2 1 103.12
Rohit Paudel  not out 71 57 6 3 124.56
Hussain Talat  not out 28 23 3 0 121.73
Extras (lb 3, nb 1, w 2) 6
TOTAL 18.4 Ov (RR: 7.39) 138/2

तेस्रो विकेटका लागि रोहित र हुसैन तलातले ६० रनको साझेदारी गरे। रोहित ७१ र तलात २८ रनमा नटआउट रहे। ५७ बलको सामना गरेका रोहितले ६ चौका र ३ छक्का हाने। तलातले २३ बलमा ३ चौका हाने।

विरानगरलाई रोक्न पोखराका लागि अमिर हम्जा र जहिर खानले एक एक विकेट लिए।

Fall of wickets: 1-0 (Arjun Saud, 0.1 ov), 2-78 (Gauranshu Sharma, 11.3 ov)
BOWLING O M R W ECON WD NB
Ameer Hamza 2 0 10 1 5.00 0 0
Pratis GC 2 0 11 0 5.50 1 0
Kushal Malla 4 0 31 0 7.75 0 0
Bipin Khatri 3 1 22 0 7.33 0 0
Zahir Khan 4 0 30 1 7.50 1 1
Krishna Karki 1 0 10 0 10.00 0 0
Sharad Vesawkar 2 0 17 0 8.50 0 0
Siddhant Lohani 0.4 0 4 0 6.00 0 0

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको थियो।

पोखराका लागि अमिर हम्जा ३७ र प्रतिश जिसी १३ रनमा नटआउट रहे। अमिरले २५ बलमा १ चौका र ३ छक्का हाने। प्रतिशले ८ बलमा २ चौका हाने।

Pokhara Avengers  (20 ovs maximum)
BATTING R B 4s 6s SR
Sumit Maharjan  c & b McCarthy 26 25 2 1 104.00
Aasif Sheikh  c & b Nannan 11 14 1 0 78.57
Upul Tharanga (c)† c †Saud b Shahab Alam 25 24 2 1 104.16
Siddhant Lohani  b McCarthy 9 11 1 0 81.81
Ameer Hamza  not out 37 25 1 3 148.00
Kushal Malla  b McCarthy 1 7 0 0 14.28
Sharad Vesawkar  b NK Yadav 2 6 0 0 33.33
Pratis GC  not out 13 8 2 0 162.50
Extras (b 4, lb 2, w 5) 11
TOTAL 20 Ov (RR: 6.75) 135/6

ओपनर सुमित महर्जन २६ र आशिफ शेख ११ रनमा पवेलियन फर्के। २५ बलको सामना गरेका सुमितले २ चौका र १ छक्का हाने। कप्तान युपुल थरांगा २५ रनमा क्याच आउट भए। युपुलले २४ बलमा २ चौका र १ छक्का हाने। सिद्धान्त लोहनी ९, शरद भेषावकर २, कुशल मल्ल १ रनमा आउट भए।

पोखरालाई रोक्ने क्रममा विराटनगरका लागि एन्ड्री एक्लैले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २२ रन खर्चे। नन्दन यादव, राज नन्नन र शाहव आलमले समान एक विकेट लिए।

Fall of wickets: 1-36 (Aasif Sheikh, 5.1 ov), 2-59 (Sumit Maharjan, 9.1 ov), 3-71 (Siddhant Lohani, 11.6 ov), 4-77 (Upul Tharanga, 12.2 ov), 5-83 (Kushal Malla, 13.6 ov), 6-107 (Sharad Vesawkar, 17.1 ov)
BOWLING O M R W ECON WD NB
Hussain Talat 3 0 20 0 6.66 0 0
Nandan Yadav 4 0 28 1 7.00 2 0
Rijan Dhakal 2 0 14 0 7.00 0 0
Raj Nannan 4 0 20 1 5.00 1 0
Andre McCarthy 4 0 22 3 5.50 2 0
Shahab Alam 3 0 25 1 8.33 0 0

 

Share Now

Leave a comment.