Prakash Adhikari December 29, 2022

काठमाडौँ, १४ पौष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २९ पौषमा विश्वासको मत लिनुहुने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नवनियुक्त प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा छलफल गर्नुभएको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार सो छलफलपछि प्रधानमन्त्री दाहालले २९ पौषमा विश्वासको मत लिने समझदारी भएको हो ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

Share Now

Leave a comment.